खबरज्योति,
२७ असोज २०७५, सिन्धुपाल्चोक ।
भूकम्प पछि भत्किएको घर सम्पन्न गर्ने घर परिवारलाई स्थानीय सरकारले प्रमाणपत्र प्रदान गर्न थालेको छ ।
मेलम्ची नगरपालिका– ५ सिन्धुकोटमा बिहीबार २ सय ३५ घरधनीलाई पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र दिइएको छ । ९ सय २ मध्ये २ सय ३५ घरधुरीलाई प्रमाणप्रत्र हस्तान्तरण गर्दै संघीय सांसद् शेरबहादुर तामाङले सिन्धुकोट पुनर्निर्माणको हिसाबले पहिलो वडा भएको बताए । उनले पुनर्निर्माणलाई अझ तीव्र गतिमा अगाडि बढाउन आग्रह गरे ।
‘अब प्रत्येक बस्तीमा एक एक वटा सामुदायिक हल निर्माण गरी विवाह ब्रतबन्ध जस्ता शुभकार्य त्यसै हलमा गर्नु उपयुक्त हुन्छ’, तामाङले भने– ‘त्यसको लागि समुदाय भने एक हुनु पर्छ ।’ खानेपानी समस्या दुइ वर्षभत्र हल गर्दै अहिले भएका काठको पोल हटाइ स्टिलको पोल राख्न आपूmले पहल गर्ने उनले बताए ।
प्रमाणपत्रत्र वितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सुदर्शन लुइँटेलले मोटरबाटो निर्माणका लागि सहयोग पाएकाले पुनर्निर्माणमा सहज भएको बताए ।
त्यस्तै आवास निर्माण सम्पन्न गरेका चौतारा साँगाचोकगढी नगरपालिका– ५ का १ सय २८ भूकम्प पीडितले निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको मापदण्ड र सरकारको निर्देशिका अनुसार भवन निर्माण सम्पन्न गरेका उनीहरुलाई नगरपालिकाले प्रसंसापत्र सहित भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका हुन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख अमानसिं तामाङले नगरपालिकाको निर्णय र सरकारको मापदण्ड बमोजिम समयमानै भवन निर्माण सम्पन्न गरेर सभ्य नागरिकको पहिचान दिन सफल भएको भन्दै उनीहरुलाई धन्यवाद प्रदान गरे ।
आफ्नो वडा भित्रको सबै भूकम्प पीडितहरुलाई चाँडै आवास निर्माण सम्पन्न गरी प्रमाणपत्र लिन आग्रह गर्दै चौतारा साँगाचोकगढी नगरपालिका– ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले प्रमाणपत्र लिने भूकम्प पीडितहरुको प्रशंसा गरे । उनले नगरपालिकाले निर्धारण गरेको एकीकृत सम्पत्ति कर समेत समृद्ध समाज निर्माण गर्ने अभियानमा सहयोग गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस