२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बजार अनुगमनमा तिब्रता दिँदै जनप्रतिनिधि

  • २०७५ आश्विन २७, शनिबार मा प्रकाशित ६ साल अघि
  • व्यवसायीलाई ४ बुँदे निर्देशन

    खबरज्योति,
    २७ असोज २०७५, सिन्धुपाल्चोक ।

    चाडपर्व नजिकिँदै गर्दा जनप्रतिनिधिहरुले बजार अनुगमनलाई तिब्रता दिएका छन् ।

    आईतबार चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका व्यवसायहरुको छड्के अनुगमन गरेको छ । अनुगमनको क्रममा मिति नाघेका खाद्यवस्तुलाई नष्ट गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले जानकारी दिईन ।

    नगरपालिकाले बजार अनुगमन निर्देशिका २०७४ अनुसार उद्योग तथा पसलहरुमा राखिएका वस्तुहरु, खाद्य वस्तुहरुको गुणस्तर, मूल्यसूची, उपभोग्य सामाग्रीको म्याद, व्यवसाय दर्ता, ढक तराजु नविकरण भए नभएको जाँच गरेको थियो ।
    १ सय ५० व्यवसायको अनुगमन गरिएकोमा ठूलो संख्यामा पसल दर्ता नभएको पाईएको छ । त्यस्तै अधिकांश पसलहरुमा मूल्य सूची टाँस गरेको नपार्ईएको विश्व उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुवास गौतमले जानकारी   दिए ।

    व्यवसायलाई नगरपालिकामा दर्ता गर्न, खाद्य वस्तुको सरसफाई र गुणस्तर कायम गर्न, उपभोक्ताले देख्ने गरी मूल्यसूची टाँस गर्न, मिति नघेका खाद्य वस्तुको विक्रिवितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
    नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीको संयोजकत्वमा गरिएको अनुगमनमा टोलीमा जिल्ला प्रशासन कार्यालय, विश्व उपभोक्ता महासंघलगायतको सहभागिता थियो ।

    त्यस्तै मेलम्ची नगरपालिकाका अधिकांश पसल पनि दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको गरेको नियमित अनुगमनको क्रममा सो कुरा पाइएको अनुगमन समितिका संयोजक रामबहादुर लामाले जानकारी दिए । अनुगमन गरिएका ५ सय ५५ व्यवसायमध्ये तीस प्रतिशत नगरपालिकामा र चालीस प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको अनुगमन उनले बताए ।

    प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो गरेको पनि लामाले जानकारी    दिए । ‘अनुगमनको क्रममा व्यवसायीले भने कर मात्र लिएर नगरले कुनै सुबिधा नदिएको गुनासो गरेका छन्,’ उनले  भने ।

    नगरपालिकाले १५ दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमनका क्रममा पत्र दिएको र प्रक्रियामा नआए पाँच हजार जरिवाना गरिने जनाएको छ । ‘व्यवसायलाई करको दायरा ल्याई मूल्यसूची र गुणस्तरीय सामान विक्रीमा जोड दिन हामीले यस्तो कदम चालेका हौं,’ नगरपालिकाकाल नायब सुब्बा राजेन्द्र दुलालले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस