२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

शिरीष बने कविता प्रतियोगितामा प्रथम

  • २०७५ आश्विन २७, शनिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    २४ असोज २०७५, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोकमा रहेर साहित्य र पत्रकारितालाई सँगसँगै अगाडि बढाएका सुन्दर शिरीषले यो वर्षको कविता वाचन प्रतियोगिता जितेका छन् ।

    आधुनिक साहित्य परिषद् काठमाण्डौले स्काई पार्टी प्यालेस सामाखुसीमा शनिबार गरेको खुला कविता वाचन प्रतियोगिता– २०७५ उनी प्रथम भएका हुन् । सिन्धु साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भईसकेका शिरीषले यस अघि पनि विभिन्न राष्ट्रिय एवम् जिल्ला स्तरका प्रतियोगितामा अग्रस्थान हासिल गर्दै आएका थिए ।

    विभिन्न जिल्लाबाट छानिएका सात कविले वाचन गरेको सो प्रतियोगितामा विनोद खत्री द्वितिय र सिताराम राई तृतिय भए । त्यस्तै खुला गजल वाचन प्रतियोगितामा शुरेस ढुङ्गाना प्रथम, मानुषी रेग्मी द्वितीय र नवराज विष्ट हुन सफल भएका छन् ।

    सोहि अवसरमा तुलसा स्वदेशी राइको एकल कविता वाचन तथा आमा कविता सङ्ग्रहको विङ्ग्रह विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारुङले समाज परिवर्तनको लागि साहित्यले भूमिका खेल्नुपर्ने भन्दै स्रष्टाहरुलाई त्यसतर्फ लागिपर्न सुझाव दिए ।

    कार्यक्रममा समालोचक डा. घनश्याम परिश्रमी, गजलविद्व ललिजन रावल, उपन्यासकार दामोदर ढकाल दिपक, नारी साहित्यकार सीता बिष्ट कार्की, युवा साहित्यकार गोविन्द लामिछानेले शुभकामना प्रदान गरेका थिए ।

    कार्यक्रममा विभिन्न जिल्लाका श्रष्टाहरूको ठूलो उपस्थिति थियो । आधुनिक साहित्य परिषद्का अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार हेमन्त खड्काले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस