खबरज्योति,
११ असोज २०७५, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका– १२ गिरानचौर स्थित धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा निर्मित एकीकृत बस्तीमा १ करोड ४४ लाख ९ सय लागतमा गिरानचौर सामुदायिक पुस्तकालय स्रोतकेन्दै निर्माण हुने भएको छ ।
आईतबार एक कार्यक्रम बीच पूर्व कानुनमन्त्री एवम् सांसद शेरबहादुर तामाङले उक्त पुस्तकालयको भवन निर्माणको शिलन्यास गरेका छन् । कार्यक्रममा बोल्दै तामाङले पुस्तकालय निर्माण गरिनु विकासको एउटा खुट्किलो उक्लिएको भन्दै आफूलाई निक्कै गर्व लागेको बताए ।
मेलम्ची नगरपालिका– १२ का वडा अध्यक्ष एवम् गिरानचौर एकीकृत बस्तीका अध्यक्ष समेत रहेका रामबहादुर लामाले हाम्रो ठाउँ, राम्रो गाउँ बनाउने अभियानलाई जसरी धुर्मुस–सुन्तली फाउण्डेशन बाटो देखाउने काम गर्यो त्यसरीनै रिड नेपालले पुस्तकालय निर्माण गरेर आँखा खुलाउने काम गरेको बताए ।
पुस्तकालय निमार्णको लागि स्थानीय तुलसीप्रसाद गिरीले ३ आना, तुलराम गिरीले ६ आना, कमला थापाले २ आना र नानीमैया तिवारीले ७ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
धुर्मुस–सुन्तली फाउण्डेशको समन्वय एवम् रिड नेपालको सहयोगमा बन्न लागेको पुस्तकालय स्रोत केन्द्र छिट्टै निर्माण सम्पन्न गरेर एकीकृत बस्तीलाई हस्तान्तरण गरिने रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले बताए । कार्यक्रममा ३ नं. प्रदेश सांसद इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस