२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

इराकबाट उद्दार भएकी युवती भन्छिन्, ‘नर्कको जिन्दगी भोगेर स्वर्गमा फर्के’

  • २०७५ भाद्र २५, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    २५ भदौ २०७५, सिन्धुपाल्चोक ।

    वैदेशिक रोजगारीको नाममा ईराकमा बेचिएका सिन्धुपाल्चोकका गंगामाया तामाङ, कान्छिमाया तामाङलाई उद्दार गरी स्वदेश फिर्ता ल्याएको जनाईएको छ ।

    वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलन गरी दुई सिन्धुचेलीलाई उद्दार गरी स्वदेश ल्याईएको जनाएको हो । दुई सिन्धु चेलीसहित सिन्धुलीकी अर्चना थापामगरलाई समेत उद्दार गरिएको जनाईएको हो ।

    ईराकमा बेचिएकी २० वर्षीया गंगामाया तामाङ, २० वर्षकै कान्छिमाया तामाङर २३ वर्षीया अर्चना थापामगरले रोजगारीको नाममा नेपाली दलाहरुले नेपाली चेलीहरुलाई तेस्रो मुलुकमा बेच्ने गरेको बताउँदै सरकारलाई दलालीहरुको जालो पत्ता लगाएर दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै ईराकमा बेचिएकी कान्छीमाया तामाङले विदेश जानुपूर्व बुझेरमात्रै जानुपर्ने धारणा राखेकी छिन् । ईराकमा आफू बेचिँदाको पीडा र भोगेको दुःखलाई सुनाउँदै उनले भनिन्– ‘मेरोजस्तो कसैले दुःख नपाओस्, मलाई भारतको बाटो हुँदै ईजरायल भनेर ईराकमा पुर्याएको थियो । पछि त मलाई दलालीहरुले बेचिसकेको थाहा पाएँ ।’

    सरकारले बैदेशिक रोजगारको बारेमा जनचेतनामुलक तथा सन्देशमुलक कार्यक्रमहरु गर्नुपर्ने भन्दै वर्क फर नेपाल फाउण्डेशनलका कार्यवाहक अध्यक्ष धावा थोकरले कडा कानून बनाउनुपर्नेमा जोड दिए । उनले भने– ‘नेपाली चेलीहरुलाई विदेशमा बेचिनबाट रोक्नको लागि हाम्रो सरकार गम्भीर बन्नुपर्छ । दलालहरुलाई कडा कानूनी कारबाही गर्नुपर्छ ।’ फाउण्डेशनले पछिल्लो एक वर्षमा विभिन्न देशहरुबाट १ सय ५२ जना नेपाली चेलीहरुको उद्दार गरेको पनि कार्यवाहक अध्यक्ष थोकरले जानकारी गराए । उनले थपे– ‘राज्यले अब हामीहरुको लागि पनि उचित सुरक्षाको प्रबन्ध गर्दै प्रोत्साहन गर्नुपर्छ । यसो भयो भने हामी अझ सक्रिय भएर नेपाली चेलिहरुलाई विदेश बेचिनबाट रोक्न सक्छौं ।’

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति सिन्धुपाल्चोकका अध्यक्ष योगेश लामाले बेचविखन रोक्न सबै नागरिकहरु एक हुनुपर्नेमा जोड दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस