२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘आर्थिक विकासमा जोड दिऔं’ – मन्त्री दुलाल

  • २०७५ भाद्र २०, बुधबार मा प्रकाशित ६ साल अघि
    • राजेश्वरीले पायो प्राविधिक शिक्षा सञ्चालन अनुमति

    • ४ कोठे भवन हस्तान्तरण

    खबरज्योति,
    २० भदौ २०७५, सिन्धुपाल्चोक ।

    प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आर्थिक विकासमा जोड दिए मात्रै समृद्धि सम्भव भएको बताएका छन् ।

    राजेश्वरी माध्यमिक विद्यालय सिपापोखरेको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री दुलालले समृद्धिको पहिलो खुट्किलो आर्थिक विकास भएको भन्दै त्यसतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । ‘अब राजनैतिक परिवर्तनका निम्ति रगत बगाउने बेला सकिएको छ’, दुलालले भने– ‘आर्थिक क्रातिको बाटोमा सिङ्गो मुलुक हिँडेको छ, त्यसमा हामी सबैको साथ अपरिहार्य छ ।’ उनले आफ्नो प्रदेशको रुपान्तरणको खाका कोरिसकेको बताउँदै त्यसको लागि आफुले काम सुरु गरोसकेको बताए ।

    आफुले चुनावको बेलामा गरेका कुराहरु पूरा गरेरै छोड्ने प्रतिबद्धता जनाउँदै मन्त्री दुलालले शिक्षालाई नयाँ ढंगबाट विकास गर्न जरुरी रहेको बताए । ‘जबसम्म शिक्षालाई वैज्ञानिक, माटो सुहाउँदो र जनजीविकासँग जोडेर लैजान सकिँदैन तबसम्म समृद्ध राष्ट्र निर्माण गर्न सकिदैन,’ मन्त्री दुलालले भने– ‘हामीले शिक्षालाई कतातिर लैजाने भनेर छलफल, बहस र सुरु गरिसकेका छौं ।’

    कार्यक्रममा, प्रमुख अतिथि, विशेष अतिथि एवम् अतिथिहरु

    यसैबीच राजेश्वरीले इन्द्रावती गाउँपालिकामा नै पहिलो प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति पाएको छ । सिटिईभिटिका प्राविधिक अधिकृत डाकुरनाथ पराजुलीले वार्षिकोत्सवको अवसरमा विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति दिएका हुन् । प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति पाएपछि अब विद्यालयले १८ महिने कृषि बाली विज्ञानको अध्यापन गर्ने जनाएको छ ।

    कार्यक्रममा मिसन रिबिल्ट नेपाल र विद्यालयको आर्थिक साझेदारीमा निर्मित ४ कोठे भवनको हस्तान्तरण समेत गरिएको थियो । संस्थाका अध्यक्ष डा. मदन उप्रेतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यलाई भवनको चावी हस्तान्तरण गरेका थिए । चावी हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष उप्रेतीले विद्यालयलाई ५ लाख रुपैंया बराबरको फर्निचर सहयोग गर्ने घोषणा समेत गरे ।

    वार्षिकोत्सव समारोहमा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।

    वार्षिकोत्सव समारोहमा नृत्य प्रस्तुत तर्दै कलाकारहरु

    इश्वरी अधिकारी, सुरेन्द्र गिरी, सुनिता दुलाल लगायतको कलाकारको विशेष प्रस्तुति रहको वार्षिकोत्सव समारोहमा गाउँपालिका स्तरीय विद्यालय तहको एकल नृत्य, वादविवाद, ५ हजार मिटर दौड, लङ्जम्प, त्रिपलजम्प, सटपुट प्रतियोगिता एवम् विद्यालयको आन्तरिक अन्तर सदनात्मक भलिबल, प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम र म्युजिकल चेयर प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक प्रतापसिं तामाङले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस