२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘पार्टीले जनताको काम गर्न दिएन’

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    २१ साउन २०७५, सिन्धुपाल्चोक ।

    स्थानीय तहसँग नेपाली कांग्रेसको सम्बन्ध चिस्सिएको छ । एकआपसमा आरोप, प्रत्यारोप बढेपछि कांग्रेस र कांग्रेसबाट टिकट पाएर निर्वाचित भएका जनप्रतिनिधिहरुबीच द्वन्द्व सुरु भएको हो ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले आफ्नै पार्टीले जनताको काम गर्न नदिएको बताएपछि कांग्रेसभित्रको विवाद सतहमै देखिएको हो । शेर्पाले कांग्रेसबाट टिकट लिएर निर्वाचन जितेपनि उनीले पार्टी नीति र सिद्धान्त अनुसार काम नगरेको भन्दै जिल्ला अनुशासन समितिले सात दिन भित्रमा लिखित जवाफ दिन साउन १४ गते अध्यक्ष शेर्पालाइ पत्र काटेको थियो । स्थानीय तह निर्वाचन भएको १५ महिना बितिसक्दा समेत काङ्गे्रस भित्रको आन्तरीक विवाद समाधान हुन सकेको छैन ।

    सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह मध्ये ३ तहमा जितेको कांग्रेस भित्र आन्तरिक विवाद हल हुन नसकेपछि त्यसको असर आगामी निर्वाचनमा समेत पर्नसक्ने देखिन्छ । ‘जनताको पक्षमा काम गर्न पार्टीले जनप्रतिनिधिहरुलाई सहयोग गर्नुपर्नेमा उल्टै जनप्रतिनिधिहरुको खुट्टा तान्ने काम गरिरहेको छ यस्तो प्रवृतिले पाटीलाइनै नोक्सान हुन्छ’, अध्यक्ष शेर्पाले भने । निर्वाचनको बेला आफूलाई हराउन लाग्नेहरुलाइ पार्टीले कारबाही गर्नुको साटो पार्टीको जिम्बेवारी दिएको उनले बताए ।

    चुनाबमा आफ्नो वडा समेत जिताउन नसक्नेहरुले आफूलाइ स्पटीकरण सोध्ने नैतिक अधिकार नरहने उनको भनाई छ । कांग्रेसबाट टिकट लिएर चुनाब जितेका सुनकोसी गाउँपालिका अध्यक्ष श्रवण जिसी भने पार्टीबाट भरपूर सहयोग पाएको बताउँछन् । कांग्रेसको तर्फबाट टिकट लिएर इन्द्रावती गाउँपालिका अध्यक्ष बनेका बंशलाल तामाङ देश बाहिर रहेकाले उनको प्रतिक्रिया लिन सकिएन । उपाध्यक्ष मिरा लामा पार्टीबाट सहयोग ठीकठीकै पाएको बताउँछिन् ।

    स्पष्टिकरण सोध्नु पार्टीको आन्तरीक कुरा भएको र यसलाई आन्तरीक रुपमै हल गरिने बताउँछन् नेपाली कांग्रेस जिल्ला अनुशासन समिति सिन्धुपाल्चोकका अध्यक्ष माधबप्रसाद सिग्देल । पार्टीको विधान अनुसार स्पष्टिकरण सोधिएको र समयमा चित्तबुइदो जवाफ नदिए विधान अनुसारनै कारबाही हुने उनी बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस