चरीले आफ्ना बचेराहरु उडायो । बिहान जाँदासम्म चारो लिएर आउजाउ गरिरहेका थिए । दिउसो चिया खाएर हेर्न जाँदा त गुँढ रित्व रहेछ । एकपल्ट कोकोहोलो भयो ।
उदय सर, प्रकाशभाइ, म र बुद्धि गुरु । अनेकन तर्कना भए–तर्क वितर्क भए । बाहिर चरी चित्कार्दै थियो । फेरि पनि बिरालोले खुनी पञ्जा गाढ्न सफल भएको हो भन्ने यकिन मलाई भयो । तर गुँढको प्रकृति हेर्दा त्यस्तो थिएन । त्यहाँ कुनै त्यस्तो प्रतिक वा चिन्ह्र थिएन जो पहिलो पटक पापी बिरालोले छापा मार्दा छाडेको थियो ।
मन मानेन । यकिनै भएन । र बुद्धि गुरुलाई लिएर म छतमा गएँ । छतबाट बारीको मकै घारी र चरीहरु कराइरहेको ठाउँमा मिहिन तरिकाले नियाल्दै गयौं । हो रहेछ चरीहरु उडेछन् ।
म एक्कासी चिच्चाएँ ‘वाह…..।’
उनीहरु मकैको पातमा विचरण गरिरहेका छन् । तिनका आमाबाबा कराएको त उनीहरुलाई जागरुक र सूचित गराएका पो रहेछन् । शायद काग, चिल वा अन्य त्यस्तै विभत्स शिकारीहरुसंग । उनीहरु मकैको पात–पातमा नाचिरहेका थिए ।
मैले मेरो सपना नाचिरहेको देखें नजिक बाटै । मेरो खुशीको आयु देखें । दूर भयो–आकाशमा उडेर गयो, मबाट । के भो त ? उसले मलाई हैन, मैले उसलाई प्रेम गरेको हुँ । प्रेम पाउनु मात्र हैन । गुमाउँदाको प्रेमको खुब मज्जा लिएँ । मेरो कामना, मेरो आरधानाले पूर्णता पाएको छ । तर खै मनको एक कुनामा धक्क हानेको महसुस भयो के हो थाहा छैन…..
उन्मक्त मबाट मेरो प्रेम अलप भएको छ । मैले पनि अलप हुन सिक्नु छ । उसले मलाई हैन, मैले उसलाई प्रेम गरेको हुँ । प्रेम पाउनु मात्र हैन यही निश्चयता दोहोर्याउँदै म आफ्नो कार्यकक्षमा ओर्लिरहेको थिएँ । छेवैको घरमा रेडियो बजिरेहको थियो–
मत रो ऐ दिल चुप हो जा हुआ सो हुआ
वो जो प्यार में होता है ऐतबार में होता है
तेरे साथ भी ऐ मेरे साथी वही तो हुआ
सुख में कटे या दुख में बसर हो जीना तो हर हाल में होगा
अमृत हो आँसू के जहर हो पीना तो हर हाल में होगा
ख्वाब एक टूटा तो क्या हुआ ऐ दिल
साथ एक छूटा तो छूटे क्या ऐ दिल
पोंछ के आँसू झाड् झाड् के दामन चल तो सही मंजलि हजारों
चाहत के काबिल हैं हजारों
और भी घर हैं जहां में और भी हैं गलियां
और भी गुल हैं जहां में और भी हैं कलियां
प्रतिक्रिया दिनुहोस