शिक्षा सामाजिक रुपानतरणको मेरुदण्ड हो । विकाश, रुपान्तरण र समग्रमा समाजलाई कस्तो आकृतिमा ढाल्ने भन्ने गर्ने अभिभारा शिक्षाको हो । शिक्षा विना समाज डामाडोल हुने र शिक्षाले नै समृद्ध समाज निर्माण गर्ने भएको हुँदा शिक्षलाई माटो सुहउदो बनाउनु अति आवश्यक छ । तर यतिवेला हाम्रो देशको शिक्षा माटोले मागेको संरचनामा चल्न सकिरहेको छैन । हाम्रो देशको शिक्षा बुर्जुवा शिक्षाको रुपमा स्थापित भैरहेको छ ।
शिक्षाले हातमा सीप र दिमाखमा सकरातमक सोचको विकाश गराउनु पर्छ । श्रमप्रति आस्था र देशको मुल्य र मान्यतामा प्रतिवद्ध बनाउनु पर्छ । गुरुकुलबाट सुरु भएको शिक्षा विभिन्न पाठशाला हँुदै विद्यालय, कलेज, क्यामपस र विश्वविद्यालयसम्म आईसकेको छ । गुरुको अर्ती उपदेशबाट सुरु भएको शिक्षा हाल सैद्धान्तिक शिक्षको उच्चतम रुपमा आईसकेको छ । तर सिद्धान्तले पेट भर्दैन त्यसको निम्ती हातमा सीप र दिमाखमा सकरात्मकता अनिवार्य छ । विश्वको शिक्षालाई हेर्ने हो भने विकसित देशहरुमा उच्चतम रुप लिईसकेको छ । विश्व आधुनिक वैज्ञानिक युगमा फड्को मारिसकेको छ । शिक्षा यतिवेला समाज रुपान्तरणको मेरुदण्ड र मानव अधिकारको आधरभूत तत्वको रुपमा विश्व सामू खडा भैसकेको छ ।
समय गतिशिल छ, समयको गतिसँगै विश्वका राष्ट्रहरुले विकासमा फड्को मारिसकेको छ । सामाजिक रुपान्तरण द्रुत गतिमा अगाडि बढिसकेको छ । यहि अनुरुप हाम्रो देश नेपालले पनि विभिन्न राज्य व्यवस्थाको सामना गर्दै हाल गणतान्त्रिक नेपालसम्म आइसकेको छ । देश युगिन समाजबाट सामन्ति समाज हुँदै पूँजिवादी समाजमा वामे सर्न थालिसकेको छ । यसको प्रमुख श्रेय शिक्षा नै हो । विश्वले प्रविधिको विकाशमा छलाङ मारिसक्दा पनि हाम्रो देश १६ औ शताब्धीको सेरोफेरोमा नै रुमलिरहेको छ । यसै कारण हाम्रो देशको विकास मन्द भएको हो । हाम्रो देशसँगै क्रान्ती भएका विश्वका कतिपय राष्ट्रहरुमा विकास र रुपाण्तरणले शिखर चुम्न सफल भैरहँदा हाम्रो देश किन विकास र रुपानतरणमा डामाडोल भैरहेको छ? यसमा गम्भीर छलफल, वहस गर्न‘ जरुरी छ । यसको सहि विश्लषण गरी राष्ट्रलाई सम्मुनत र समृद्ध बनाउने तर्फ अग्रसर हुनु जरुरी छ ।
देश गणतान्त्रीक मूलुकको रुपमा स्थापित भैरहँदा शिक्षा व्यवस्था भने पुरानै शैलीमा र वुर्जुवा वर्गलाई पक्षपोषण गर्ने खालको नै चलिरहेको तितो यथार्थ हामी सामु खडा छ । त्यसैले यस्तो खालको शिक्षा व्यवस्थालाई अन्त्य गराई वर्तमान सन्दर्भ अनुसारको जनमुखि, जनवादी शिक्षाको रुपका स्थापित गराउनु पर्छ । यतिबेलाको शिक्षाले हातमा सीप मात्र होइन सर्वसुलभ र माटो सुहाउँदो शिक्षाको रुपमा स्थपित गराउनु अनिवार्य छ । माटो सुहाउँदो शिक्षा भन्नाले जहाँ जुन खालको विकासको सम्भावना छ त्यहि अनुरुपको शिक्षा हुनुपर्छ । हाम्रो देशको सन्दर्भमा जल, सिंचाइ र जलविद्युत सम्वन्धित शिक्षा, वन तथा जडिबुटी सम्वन्धित शिक्षा, आधुनिक कृषि प्रणाली सम्वन्धित शिक्षा, पर्यटन सम्वन्धित शिक्षा यतिबेलाको आवश्यकता हो । यी र यस्तो खालको शिक्षा र शिक्षा नीति भएमा देशले दु्रत गतिमा विकासमा फड्को मार्न सक्ने छ । यो नै देश र युगको चाहाना र आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस