२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

हेलम्बुले जारी गर्यो प्रस्तावित नीति तथा कार्यक्रम

  • २०७५ अषाढ १४, बिहिबार मा प्रकाशित ६ साल अघि
  • हेलम्बु गाँउपालिकाको तेस्रो गाउँ सभामा स्थानीय सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को प्रस्तावित नीति तथा कार्यक्रमको पूर्णपाठ:
    गाउँसभाका अध्यक्ष ज्यू तथा सम्मानीत गाउँसभाका सदस्यज्युहरु,
    सर्वप्रथम आज यस हेलम्बु गाउँपालिकाको ऐतिहासिक तेस्रो गाउँसभामा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरावान्वित महशुस गरेको छु । स्थानीयतहलाई यहाँसम्म अधिकार सम्पन्न गराउने शिलसिलामा थुप्रै ज्ञात तथा अज्ञात सहिदहरुले आफ्नो जीवनको उत्सर्ग गरेका छन् । ती सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति यस सभामा हार्दिक श्रद्वासुमन अर्पण गर्न चाहान्छु । नेपाली जनताले २००७, साल २०३६, २०४६ हुँदै २०६३ सालको पटक/पटकको क्रान्ति जनआन्दोलन र संघर्षहरुले नेपाली जनतालाई अधिकार सम्पन्न गराउने विषयमा मुख्य भूमिका खेलेका छन् । यी सबै आन्दोलन र क्रान्तिको क्रममा यस हेलम्बु भेगका जनताहरुको पनि महत्वपूर्ण योगदान रहेको स्मरण गर्न चाहान्छु । नेपालको मौजुदा संविधानको भाग १९ मा स्थानीयतहको आर्थिक कार्यप्रणाली सम्बन्धि व्यवस्था गरिएको छ । यस भागको धारा २३० मा यस संविधानको अधिनमा रही गाउँ कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानुन बामोजिम गाउँसभाले पारित गराउनु पर्ने उल्लेख भए बमोजिम यसै आधारमा रहेर हेलम्बु गाउँपालिकाको आगामी आ.व.२०७५/०७६ को आय तथा व्ययको अनुमानित विवरण यस गाउँसभा समक्ष प्रस्तुत गरेको छु ।
    पृष्ठभूमि, 
    सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थित यस हेलम्बु गाउँपालिका साविककोमहाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरी ५ वटा गा.वि.स. मिलाएरगठन भएको हो ।यस गाउँपालिकाको अधिकाशं भु–भाग पहाड र सुन्दर डाँडापाखाले भरिएकोछ भने यस गाउँपालिका समुन्द्र सतहबाट करिब ९०० मिटर उचाई देखि ५००० मिटर सम्मको उच्च भु–भागमा पर्दछ ।हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणीय जुगल हिमालको सन्निकट याङरीमाडाँडाको काखमा अवस्थित रहेको छ । माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातिको बाहुल्यता रहेका र तल्लो बेसी भू–भागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कि, मगर जातिका ब्यक्तिहरुको बसोबास रहेको छ ।
    आमायाङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, गोल्फु भञ्ज्याङ, च्योमथली, घोप्टेघ्याङ थालागाङ लगायतका महत्वपूर्ण स्थल, गुम्बा, माने, घ्याङ, मन्दिर आदिको अवलोकन गर्दा यहाँ पुग्ने जो कोहिको मनै लोभ्याउने हुन्छ । यहाँका ह्योल्मो समुदायको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरण र पर्यटकीय दृष्टिकोणले गर्दा यस क्षेत्रमहत्वपूर्ण रही आएको छ ।
    बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य मुहानसँगै हेलम्बु काठमाडौँ सम्मको करिब २६.५ कि.मी.को मुख्य सुरुङ मार्ग यस गाउँपालिकाको भु–भागमा पर्दछ । गाउँपालिकामामेलम्ची खानेपानी आयोजनाको मुहान र अन्य खोलाहरु, गोहोरेखोला, ग्याल्थुम खोला, तिम्बु खोला समेत गरि सा–साना ठुला खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पुर्याईरहेको छ । यस गाउँपालिकाको मथिल्लो क्षेत्रको अधिकाँश भू–भाग वनजंगलले ढाकिएको छ भने पालिकाको मुख्य व्यापारिक केन्द्रहरुग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थानहरु हुन ।
    १.१. सवल पक्ष :
    • प्राकृतिक सौन्दर्यता र स्वच्छ वातावरण भएको ।
    • धार्मिक विविधता तथा सांस्कृतिक सम्पदाहरु प्रसस्त भएको ।
    • कृषि योग्य तथा उब्जाऊ भुमि भएको ।
    • पर्यटन व्यवसायको उच्चतम सम्भावन रहेको ।
    • राष्ट्रिय बहुचर्चित मेलम्ची खानेपानीको मुहान भएको ।
    • हिमाली जडिबुटीको स्रोत प्रचुर मात्रामा सम्भावना रहेको ।
    • स्याउ खेती तथा रेन्वोट्राउट माछाको लागि परिचित रहेको ।
    १.२. कमजोर पक्ष
    • उच्च शिक्षा हाँसिल गर्ने संस्था न्यून रहेको ।
    • आवश्यक दक्ष तथा सिपयुक्तजनशक्तिको कमी ।
    • सामाजिकजनचेतनाको कमी ।
    • गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध नरहेको ।
    • जटिल भौगोलिक अवस्थिती रहेको ।
    • स्थानीय स्तरमा रहेको स्रोत साधनको समुचित प्रयोग हुन नसकेको ।
    • भरपर्दो मोटर बाटो तथा यातायातको सुविधा नरहेको ।
    • ग्रामिण सडकहरुको अवस्था नाजुक रहेको ।
    १.३. अवसर
    • प्राकृतिक स्रोत साधन, भु–बनोट र राजधानीसँगको निकटताले विकासको प्रवल सम्भावना रहेको ।
    • कला संस्कृति, ऐतिहासिक सम्पदा, हावापानीको दृष्टिकोणले पर्यटन विकासमा अब्बल सम्भावना रहेका ।
    • जलस्रोत, जडीबुटी, कृषि तथा वनको उचित प्रयोगबाट आर्थिक विकासको अवसर रहेको ।
    • अविरल बगिरहने मेलम्ची खोला अन्य सहायक खोलालाई सदुपयोग गरी स्थानीयस्तरमा आय आर्जन बढाउन सकिने ।
    • स्याउ, चिया, अलैँची जस्ता तुलनात्मक लाभका नगदेवालीहरुको राम्रो उत्पादन हुने गरेको ।
    • माछाजन्य उत्पादनले विशेषगरि ट्राउट माछामा आत्मनिर्भरका साथै निर्यात बढेको छ ।
    • शिक्षा क्षेत्रमा विकास गर्नका लागि १ क्याम्पस ७ मा.वि. र आधारभुत तहले साक्षरता अभिवृद्धि गर्न सकिने ।
    • बैदेशिक रोजगारीबाट उच्च विप्रेषण रकम प्राप्त हुने हुँदा यसलाई सदुपयोग गर्न सकेमा उच्च लाभ हाँसिल गर्न सकिने ।
    १.४. चुनौती
    • सिमित स्रोत र साधनले शिक्षाको गुण्स्तर अभिवृद्धि र साक्षरता दर बढाउनुपर्ने।
    • परम्परागत खेतीलाई व्यवसायीकरण र आधुनिकीकरणकोरुपमा खेतीको सुधार गर्नु पर्ने ।
    • कर्मठ युवाहरु विदेशीने प्रवृत्ति तथा बसाईसराईलाईन्यूनीकरण गर्न विगतमा योजना तर्जुमा हुन नसकेको ।
    • पर्यटनको लागि भौतिकपूर्वाधार तथा सुविधा तयार गर्न विगतमा प्रयास नभएको ।
    • कृषि योग्य जमिनलाई उपयोगमा ल्याउन पर्याप्त सिँचाईको व्यवस्था नहुनु ।
    • भुकम्पका कारण क्षती भएका बस्तीहरु समयमै निर्माण गरि सक्नुपर्ने ।
    १.५. बार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि गरिएको पद्धति
    सहभागितात्मक गाउँपालिकाको योजना तर्जुमा पद्धति तथा लोकतान्त्रिक गणतन्त्र अनुरुप सार्वभौमसत्ता सम्पन्न जनताको शासन प्रक्रियामा आधिकारिक रुपमा सहभागिता गराई विकेन्द्रीकरणको माध्यमबाट आफ्नो विकास आफै गर्न आन्तरिक स्रोत साधनको पहिचान र परिचालन गर्न प्रत्येक टोल, गाउँ बस्ती, वडास्तरीय भेला गराई विभिन्न बुद्धिजीवी, राजनीतिक दलहरुको सल्लाह सुझावको आधारमा योजना तर्जुमा समिति, एकीकृत योजना तर्जुमा समिति हुँदै, समुदायमा जनताको भावना र चाहना अनुरुप योजना तथा कार्यक्रमहरुलाई प्राथमिकीकरण गर्दै कार्यान्वयनका लागि गाउँपालिकाको योजना तथा कार्यक्रममा समावेश गरिएको छ ।
    लामो समय पश्चात स्थानीय निकायमा जनप्रतिनिधिहरुले आवश्यकता योजना पहिचान, योजना तर्जुमा योजना निर्माण तथा कार्यान्वयन प्रक्रियामा लाभान्वित हुने जनताको प्रत्यक्ष संलग्नता र सहभागिता हुन सकेमा योजना प्रति जनताको अपनत्वको भावना विकास भई योजनाले दिगोपन समेत हाँसिल गर्न सक्ने भएकोले हेलम्बु गाउँपालिकाको वार्षिक योजना तर्जुमा गरिएको छ ।
    १.६. आयोजना प्राथमिकिकरणका आधारहरु :
    नेपाल सरकारबाट स्थानीय तह संचालन ऐन २०७४ बाट निर्देशित योजनाका प्राथमिकिकरणका आधारहरु तयार गरियोजना तर्जुमा गरिएको छ ।
    • भौतिक पूर्वाधार क्षेत्र सुधार कार्यक्रम
    • पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिक संरक्षण सम्वद्र्धन कार्यक्रम
    • गुणस्तर शिक्षा, शैक्षिक विकास तथा साक्षरता वृद्धि कार्यक्रम
    • मोटरबाटो, कृषि सडक तथा पर्यटन मार्गको स्तर उन्नती कार्यक्रम
    • स्थानीय स्तरमा आर्थिक विकासको लागि सिपमूलक तथा रोजगार प्रवद्र्धन कार्यक्रम
    • कृषि उत्पादकत्व बढाउने कार्यक्रम
    • स्थानीय स्रोत साधन तथा जनशक्ति परिचालन
    • सामाजिक, राजनैतिक तथा आर्थिक हिसाबले पिछडिएको दलित, जनजाती, महिलाहरुलाई आयमुलक तथा सिपमूलक कार्यक्रम
    • कृषि, जलस्रोत, व्यापार व्यवसाय सुधार कार्यक्रम
    • गैह्र सरकारी संस्थासंग समन्वय साझेदारी
    • गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम
    • लक्षित वर्गमा आयआर्जन रोजगारी कार्यक्रम
    खण्ड २ 
    चालु आ.ब. २०७४/७५ को समिक्षा :
    सभाध्यक्ष महोदय, 
    अव म चालु आर्थिक वर्षको वर्तमान स्थिति बारे जानकारी गराउने अनुमती चाहान्छु । गत आर्थिक वर्षको हेलम्बु गाउँपालिकाको कुल बजेट २४,९४,८२,०००। (चौविस करोड चौरानब्बे लाख बयासी हजार) रहेको थियो । त्यस मध्ये चालु तर्फ १३,४४,३२,००० (तेह्र करोड चौवालीस लाख बत्तीस हजार) र पूँजीगत तर्फ ११,५०,५०,००० (एघार करोड पचास लाख पचास हजार) रहेका थियो । यस मध्ये चालु तर्फ २,५१,१४,२४०/– खर्च भैसकेको छ र जुन तालु तर्फको कुल बजेटको ४९.१३५ रहेको छ । यसैगरी पुँजीगत तर्फ. ८,४४,२०,८२३/– खर्च भैसकेको छ जुन पुँजीगत तर्फको कुल ७३.३७५रहेको छ ।
    यसरी पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चलाई हेर्दा उत्कृष्ठ रुपमा सन्तोषजनक रहेको छ । जिल्लामा पुँजीगत वा विकास बजेटको खर्च गर्ने क्षमतामा हेलम्बु गाउँपालिका अग्रस्थानमा रहेको छ । पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चको प्रशस्त रोजगारीका अवसरहरु सिर्र्जना भएको छ ।
    शिक्षा क्षेत्रमा गाउँपालिकाले आफ्नै शिक्षा नियमावलीबनाइएको छ । गाउँपालिका क्षेत्रभित्रका ३८ वटै विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ भने प्राध्यापकहरुले शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छन् । अघिल्लो शैक्षिक सत्रभन्दा यो शैक्षिक सत्रमा समुदायिक विद्यालयहरुमा समग्रमा १% को शैक्षिक सुधार भएको छ ।
    गाउँपालिकाले कृषिको आधुनीकिकरणमा जोड दिएको छ । यसक्रममा १५ वटा हातेट्याक्टर, ३० वट स्प्रेयर र १०० वटा प्लाष्टिक टनेल वितरण गरिएको छ । उन्नतजातका धानको विउ २००० के.जी, गहूँँ ३१६०, मकै ६६५ के.जी वितरण गरिएको छ । यसैगरी च्याउ, तरकारी, फलफूल, तथा कफिको विरुवा वितरण गरियो । यसैगरी पुराना दुईवटा ट्राउट पकेट क्षेत्रलाई सहयोग गर्दै हेलम्बु गाउँपालिका ५, ७ समेटिएर १० हेक्टर क्षेत्रफलमा चिया पकेट क्षेत्रको सुरुवात गरिएको छ । प्रत्येक महिनाभिन्ना भिन्नै वडामा वालि उपचार शिविर संचालन गरिएको छ ।
    यस हेलम्बु गाउँपालिकाको पशु विकास कार्यालय अन्तरगत ५४४३ वटा पशुलाई यस आ.व मा खोरेत तथा भ्यागुत्ते रोगको खोप दिएको छ । ३४०० पशुहरुलाई मेडिकल उपचार सेवा उपलब्ध गराईने छ । पशु विमा कार्यक्रम मार्फत कृषकहरुलाई १४ लाख बरावरको विमा भुक्तानी गरिएको छ । यसैगरी २५० गाई तथा भैँसीलाई कृत्रिम गर्भाधारण गराईएको छ । गाउँपालिकाका सवै वडाहरुमा नश्लसुधार कार्यक्रम संचालन भईरहेको छ ।
    हेलम्बु गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गरिएको छ । यस क्रममा सवै स्वास्थ्यचौकीनियमित औषधी आपूर्ति भई औषधी अभाव नहुने अवस्था सिर्जना भएको छ । यस आ.व.मा पनी पूर्ण खोपको दिगोपन कायम भएको छ । महिला स्वास्थ्य स्वयं सेवीकालाई उचित प्रोत्साहन गरि सकारात्मक कार्यवातावरणको निर्माण गरिएको छ । गाउँपालिकाका ३ वटा वडामा गाउँघर क्लीनिकका भवनहरु दातृ संस्थाको सहकार्यमा निर्माण सम्पन्न भएको छ भने १ वटा निर्माणाधीन अवस्थामा रहेको छ ।
    हेलम्बु स्वास्थ्य चौकी सँग रहेको एम्बुलेन्स लामो समयदेखि विग्रीएकोमा मर्मत संहार गरी सूचारु गरिएको छ । यति हुँदा हुदैँ पनि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या अपेक्षित रुपमा वृद्धि गर्न सकिएको छैन । हेलम्बु गाउँपालिकामा संस्थागत सुशासनमा अभिवृद्धि भएको छ । गाउँपालिकामा विभिन्न विषयगत कार्यालयहरु स्थापना भएका छन् । सम्पूर्ण विद्यालय स्वास्थ्यचौकि तथा सरकारी कार्यालयहरुमा विद्युतीय हाजीरी सुरु गरिएको छ । समय-समयमा सरकारी कार्यालयहरुको निरन्तर अनुगमन गरिएको छ ।
    सडक तथा अन्य
    राजधानी काठमाडौँलाई चिनसँग जोड्ने बैकल्पीक मार्गको रुपमा विकास गर्नको लागि हेलम्बु गाउँपालिकाको सर्कथली देखि रसुवाको स्याफ्रुसम्म जोड्ने सुरुङमार्ग निर्माणको पूर्व सम्भाव्यता अध्ययनको कार्य सुरु भैसकेको छ ।
    सभाध्यक्ष महोदय, 
    खण्ड ३
    आगामी आ.ब. २०७५/७६ को नीति, बजेट तथा कार्यक्रम
    ३.१. सोचः
    हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण, भन्ने संकल्प राखिएकोे छु ।
    ३.२. लक्ष्यः 
    यस हेलम्बु गाउँपालिकामा आगामी वर्षमा महत्वपूर्ण भौतिक पूर्वाधार,कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, उर्जा विकास तथा उद्यमशिलता विकास गर्ने लक्ष्य राखिएको छ  ।
    ३.३. उद्देश्यः 
    हेलम्बु गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनेसंकल्प अनुरुप क्षेत्रगत योजनाहरुलाई प्राथमिकिकरण गरि उपभोक्ताहरुसंग समय मै सम्झौता गर्ने तथा कार्यान्वयमा ल्याउने र स्थलगत अनुगमन तथा निरिक्षण गरी योजनाहरु समयमा नै सम्पन्न गर्ने उद्देश्य राखिएकोे छ ।
    ३.४ अपेक्षित उपलब्धी :
    यस हेलम्बु गाउँपालिकाको आ.ब. २०७५/७६को बजेट तथा कार्यक्रमको जुन उद्देश्य राखि तयार गरिएको छ, त्यसलाई सार्वजनिक, सामुदायिक र निजी क्षेत्रको सहकार्यबाट हासिल गर्न अधिकतम पहल गरिने छ । आगामी दुई वर्षभित्र गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक उपलब्धीमा ५ प्रतिशत वृद्धि हुने छ । सम्पूर्ण वडा कार्यालयहरु बाह्रै महिना संचालन हुने सडक सँजालले जोडिने छन् ।
    सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त र जनमुखी हुने छ । फलफुल र तरकारी जन्य वस्तुको उत्पादनमा आत्मनिर्भरता तर्फ अगाडि बढ्ने छ । जनतालाई गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराईने छ । वार्षिक अधिकतम पर्यटकले हेलम्बु गाउँपालिका भ्रमण गर्नेछन् ।
    ३.५ वार्षिक बजेट कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख आधारहरु
    ३.५.१. बजेट निर्माणका आधारहरु
    • नेपालको मौजुदा संविधान
    • स्थानीय सरकार संचालन ऐन
    • चौधौँ आवधिक योजना
    • जनसंख्या र भौगोलिक वनावट
    • वडा स्तरबाट माग भई आएका कार्यक्रमहरु
    • विषयगत समितिबाट सिफारिस भई आएका कार्यक्रम हरु
    ३.५.२ बजेटका आर्थिक आधारहरु
    • नेपाल सरकारबाट विनियोजित रकम
    • प्रदेश सरकारबाट प्राप्त हुने रकम
    • राजश्व बाँडफाडबाट प्राप्त हुने रकम
    • आन्तरिक स्रोत मार्फत संकलन हुने रकम
    ३.६ मुख्य मुख्य आयोजना र क्रियाकलापहरु 
    हेलम्बु गाँउपालिकाको तेस्रो गाउँसभामा आर्थिक बर्ष २०७५/७६को लक्ष्य, उद्देश्य, नीति एवं रणनीतिहरुलाई मध्यनजर गरी नीति तथा कार्यक्रम तयार गरेको छु । योजनावद्ध विकास नै दिगो विकासको मुलभूत आधार भन्ने सैद्धान्तिक मान्यता अनुरुप आगामी आािर्थक बर्षका लागि गाँउपालिकाको योजना तर्जुमा गरिएको छ ।
    १. काठमाडौँ देखि सवैभन्दा नजिकको गन्तव्य रहेको हेलम्बु गाउँपालिकामा पर्यटन तथा आन्तरिक स्रोत वृद्धि गर्नको लागि गाउँपालिका, स्थानीय वासिन्दा र निजी कम्पनीहरुको संयुक्त लगानीमा पर्यटन प्रवद्र्धनको लागि “हेलम्बु–गोसाईकुण्ड” केवलकारको निर्माण सँगैै प्याराग्लाईडिङको पनि संभाव्यता अध्ययनयसै आ.व.मा गरिने छ । यस संभाव्यता अध्ययन गर्नको लागि बजेटको व्यवस्था गरिने छ ।
    २. हेलम्बु गाउँपालिकाभित्र विभिन्न निकायमा कार्यरत अस्थायी/करार/दैनिक ज्यालादरी तथा स्थायी कर्मचारीहरुको लागि दुर्घटना, जटिल स्वास्थ्य समस्या तथा आपत्कालीन अवस्थामा सहयोग पुग्ने गरी एउटा शिक्षक सुरक्षा कोष र कर्मचारी सुरक्षा कोष र साविक स्थानीय निकायबाट स्थायीनियुक्ति लिई यस गाउँपालिकामा खटि आएका कर्मचारीहरुको लागि कल्याणकारी कोषको व्यवस्था गरिने छ । साथै अस्थायी शिक्षक तथा अस्थायी/करार/दैनिक ज्यालादारी कर्मचारीको लागि गाउँपालिका स्तरीय अस्थायी अवकाश कोषको स्थापना गरिने छ । यसको संचालन गाउँपालिकाले कार्यविधि बनाई लागु गर्ने छ । यसको लागि बजेटको व्यवस्था मिलाईने छ ।
    ३. यस गाउँपालिका भित्र रहेका प्रसुती आमाहरुको स्वास्थ्य स्थिती निकै नाजुक देखिएको र घरमै प्रसुती हुने बढी संख्यालार्ई न्यूनीकरण गर्दैबर्थिङ सेन्टरमा सुरक्षित प्रसुती हुने महिलाहरुको संख्या वृद्धि गर्न नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरीहँुदा महिलाहरुलाईनेपाल सरकारको तर्फ बाट प्रादान गरिने रु.३०००। रकममागाउँपालिकाको तर्फबाट रु.३०००।–थप प्रसुती भत्ताप्रदान गरिनेछ र महिलाहरुको आङ खस्ने समस्या समाधानको लागि गाउँपालिकाले समय समयमा स्वासथ्य क्याम्प संचालन गर्नेछ । स्वास्थ्य संस्थासम्म जान निशुल्क एम्बुलेन्सको सेवा यस हेलम्बु गाउँपालिकाले उपलब्ध गराईने छ । साथै यस आर्थिक वर्ष भित्र गाउँपालिकाले थप एक एम्बुलेन्स खरिद गर्नको लागि बजेटको व्यवस्था गर्ने छ ।
    ४. गाउँपालिकाको गत आर्थिक वर्षको कार्यक्रममा रहेको काठमाण्डौ हेलम्बु रसुवागडी फष्टट्रयाकमिलारेपा मार्ग (काठमाडौँ देखि हेलम्बु ५५ कि.मी र हेलम्बु देखि रसुवा स्याप्रुवेशी २५ कि.मी टनेल मार्ग) (Milarepa Marg) मित्र राष्ट्र चीनको इलभ द्यभति इलभ च्यबम जोड्ने उद्देश्य अनुरुप रसुवागडी हेलम्बु शुरुङ मार्ग हुँदै काठमाण्डौसंग जोड्ने छोटो फष्टट्रयाक निमार्ण गर्ने कार्य अनुरुप यस आ.व(फिजिविलिटी रिर्पोटका) तयार हुने अवस्थामा रहेको र यस कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आ.व मा संघीय र प्रदेश सरकारको कार्यक्रममा समावेश गर्नको लागि विशेष पहल गरिने छ ।
    ५. एक घर एक सेयर ःहेलम्बु गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने जनताहरुको आर्थिक विकास गर्नको लागि “एक घर एक सेयर” अभियान अगाडि बढाईने छ । गाउँपालिका र स्थानीय जनताको संयुक्त लगानीमा जलविद्युत आयोजनाको संभाव्यता अध्ययन गरि निर्माण गरिने छ । यस आयोजनको अध्ययनको लागि बजेटको विनियोजन गरिने छ ।
    ६. गाउँपालिका भित्र बसोवास गर्ने बासिन्दाले कृषिमा आत्मनिर्भरता बनाउने अभियान अन्तर्गत संघसंस्थाहरु सँग समन्वय गरि एक घर एक कृषि टनेल कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने छ ।
    ७. स्वच्छ हेलम्बु सफा हेलम्बु कार्यक्रम संचालन गरिने छ । यस अन्तर्गत पशुपालन गर्ने गोठ र घरको विचमा कम्तीमा ३० मि. देखि ५० मिटरको दुरीमा राख्नुपर्ने व्यवस्थाको लागि विशेष पहल गरिने छ । साथै खानेपानीको समस्या समाधान गर्न गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण मुहानहरुलाई संरक्षण गर्दै अधिकतम उपयोग गर्नको लागि एउटा गाउँपालिका स्तरीय मास्टर प्लान बनाईने छ ।
    ८. हेलम्बु गाउँपालिकाको मध्य भागमा रहेका वस्तीहरुपाल्चोक–ढोडेनी–चित्रे–नुर्वुलिङ–तिम्बु–आम्राङ, रिवर्मा ,तार्तुङ ठूलोदुंगा ढुङडिङ, इचोक ढापचुङ सुरसिं–पातिङ–थालाडाँडा–बोल्दे–खरवुजे छाँजो–चित्र गोम्देन(ङयाङला आनि आस्याङ कृषि सडक) यस सडकबाट गाउँपालिकाको माथिल्लो भाग पर्यटकीय मार्ग तल्लो भाग व्यापारिक मुल सडक र बिचको भागामा निर्माण हुने सडकले कृषि प्रर्वद्धन गर्नुका साथै थप वस्ति विस्तारको अवधारण अगाडि सारिने छ जसले गर्दा खेतियोग्य जमिनमा बढ्दो मानब बस्ति विस्तार कम हुने लक्ष लिएको छु  । सोको लागि यसै आवमाकृषि सडकको जोड्न बाँकी खण्डको लागि बजेटको व्यवस्था गरिने छ ।
    ९. हेलम्बु गाउँपालिका भित्र रहेका विद्यालयहरुमा सम्बोटालिपी र संस्कृतलीपीको अध्यापन कार्यक्रमलाई गाउँपालिकाको निर्णयअनुसार प्राथमिकताका साथ अगाडि बढाईने छ ।
    १०. हेलम्बु गाउँपालिका क्षेत्रभित्र लालिगुराँस फुलसंरक्षणगर्न विभिन्न सरोकारवालाहरुसँग समन्वय गरि यसको संरक्षण तर्फ जोड दिईने छ ।विश्वमा लोप हुन लागेको रेड पाण्डागाउँपालिकाको विभिन्न स्थानमा रहेको हुनाले यसको पर्यटनको प्रवद्र्धनको लागि प्रचार प्रसार गरि रेड पाण्डाको संरक्षण तर्फ विशेष जोड दिइने छ ।
    ११. हेलम्बु गाउँपालिका वडा नं. ३ को बुद्धपार्कबाट ग्वोच्योडाँडा, गुरु रिन्पोक्षेडाँडा, सेर्माथाङ, ज्योमोथाङ, आमा याङरी, ढुपु, भेम्दाङ, सेमेसिदङ, इरिङगाङ, पाकेगाङ, सेम्राङ, ताखोर, गुल्फुभञ्जाङ हुदै चित्रे तागाङ सम्महेलम्बु हिमालयन सम्पदा पदमार्ग, (The HelambuHimalayan Heritage Great Trail)निर्माणको लागि योजनामा राखिने छ ।
    यस कार्यक्रम ५ देखि १० बर्षमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समेत सहयोगमा सम्पन्नगर्ने लक्ष्य रहेकोमा यसको डि.पी.आर कार्य सम्पन्न नभएकोले यस आ.व.मा सम्पन्न गर्नेे गरि यसै आर्थिक वर्षको कार्यक्रममा निरन्तरता दिएको छ ।
    १२. गाउँपालिका क्षेत्रभित्रको शिक्षाको गुणस्तर सुधार गर्ने अभियानलाई सफल बनाउनको लागि विद्यालयहरु मर्ज तथासम्पूर्ण माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई एकै स्थानमा राखेर आवाशिय सुविधा सहितको शिक्षा प्रदान गर्नको लागि एउटा मोडल विद्यालयको स्थापना गरिने छ । विद्यालय स्थापनाको लागि उपयुक्त ठाउँमा जग्गाको अध्ययन गरि यस आर्थिक वर्ष भित्र गुरु योजना तयार गर्न बजेटको व्यवस्था गरिने छ ।
    १३. राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा पर्यटन गन्तव्यको रुपमा परिचत रहेको हेलम्बुमा पर्यटन गन्तव्य विकासको लागि धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पर्य–पर्यटन विकासको लागि भूगोल र समुदायहरुमा छुट्टा छुट्टै  होमस्टे सेवा संचालनको लागि गत वर्षको कार्यक्रममासमावेश भएकोमा पुर्नानिर्माणको कारणले घर निर्माण कार्य सम्पन्न नभएकोले होमस्टेको कार्यक्रमलाई अगाडि बढाउन नसकिएको हुँदा निरन्तरताका लागि यसै आर्थिक वर्षको कार्यक्रममा समावेश गरि कार्यान्वयन गरिने छ ।
    गाउँपालिकाको विभिन्न समुदायको साँस्कृतिक महत्वलाई मध्यनजर गरी माथिल्लो भेगलाई ह्योल्मो साँस्कृतिक होमस्टे तथा गुरुङ साँस्कृतिक रोधीघर, मध्य भेगमा तामाङ साँस्कृतिक हेरिटेज होमस्टे, तल्लो भेगमा आर्य साँस्कृतिक होमस्टे कार्यक्रमलाई निरन्तरता दिईने छ ।
    १४. दलित समुदायको सिप विकास तथा आयआर्जन कार्यक्रम मार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने उद्देश्यले यस गाउँपालिका भित्र उक्त समुदायको लागि उपयुक्त स्थानको छनोट गरी एकिकृत औधोगिक क्षेत्रको स्थापना गर्न आ.ब.२०७५÷७६को कार्यक्रमबाट ठाउँको एकिन गरि कार्ययोजना तयार गरि भवन निर्माण कार्यलाई अगाडि बढाईने छ ।
    १५. गाउँपालिकाभित्र गत आर्थिक वर्षको वार्षिक कार्यक्रममा रहेको पदमार्ग मर्मत, बन्जी जम्प, केवलकार, क्यानोयिङ्ग, रक क्लाईम्बीङ्ग, भ्यूटावर, प्याराग्लाइडीङ्ग, पर्यटकीय इकोटुरिज्म पार्क, सांस्कृतिक संग्रहालय जस्ता पर्यटनको पूर्वाधारहरु विकास गर्न सम्भाव्यताको अध्ययन गर्ने कार्यक्रम रहेकोमा गाउँपालिकाद्धारा ङिमादावा पाङगाङ बञ्जीजम्पीङको लागि पुलको डिपीआर सम्पन्न भएकोले यसै आ.व २०७५/०७६ मा संघीय सरकार वा प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य सुरु गर्न तर्फ विशेष जोड दिइने छ ।
    १६. अन्तराष्ट्रिय क्षेत्रको बुद्धिष्ट राष्ट्रहरुसंग सम्बन्धविस्तारको लागिसार्क राष्ट्रहरुको उद्देश्य अनुरुप नेपाललाई बुद्धिष्ट सर्किटको रुपमा जोड्ने कार्यक्रम अन्तर्गत प्रारम्भिक छलफल भएकोले हेलम्बु बौद्ध धर्मवलम्वीहरुको धार्मिक क्षेत्र रहेकोले हेलम्बु गाउँपालिकालाई उक्त बुद्धिष्ट सर्किटसंग जोड्न विशेष पहलगर्ने छ ।
    १७. ह्योल्मो जातीहरुको परम्परागत शैली म्हेच्र्याकुमा घर आफ्नै बिशेषमौलिक, संस्कृतिक संरक्षण तथा सम्वद्र्धन गर्न विभिन्न संघ संस्थासंग समन्वय गरी म्हेच्र्याकुमा घर निर्माण गर्ने गत वर्षको कार्यक्रम अनुरुप तेम्बाथान एकिकृत वस्तीमा पुननिर्माण प्राधिकरण र गाउँपालिकाले म्हेच्र्याकुमा झ्याल निर्माणको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गराई तेम्बाथान एकिकृत वस्तीको ५३ वटा घरमा म्हेच्र्याकुमा डिजाईनको झ्याल प्रयोग गरि निर्माणाधीन उक्त कार्यक्रमलाई यस आ.व.मा निरन्तरताका लागि कार्यक्रममा समावेश गरिने छ ।
    १८. गाउँपालिका भित्रका हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण तीर्थ स्थल पाल्चोक भगवती देवी मन्दिर लगायत अन्य तिर्थस्थलहरुलाई कार्ययोजना तयार गरि व्यवस्थीत गर्न आवश्यक कार्यविधि निर्माण गरि व्यवस्थापनगर्न विशेष पहल गरिने छ ।
    १९. गाउँपालिका भित्र पुननिर्माणको कार्य अगाडि बढीरहेको तर धार्मिक तथा परम्परागत दृष्टिकोणले गुम्बा तथा मठमन्दीरको निर्माण तर्फ कुनै प्रक्रिया अगाडि नबढाएकोेले यस कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गराउन तर्फ विशेष जोड दिईने छ ।
    २०. हेलम्बु र लाङटाङ क्षेत्रलाई एउटै पर्यटन जोनको रुपमा विकास गर्नको लागि हेलम्बु काङजाला पर्यटन मार्ग र हेलम्बु सेमेसिदाङ लाङटाङ पर्यटन मार्ग, हेलम्बु गोसाईकुण्ड पर्यटन मार्ग लगायतका विभिन्न पर्यटन मार्गहरुको निर्माण, मर्मततथा संरक्षण गरि लाङटाङ जाने पर्यटकहरुलाई हेलम्बु भित्र्याउने उद्देश्य अनुरुप विशेष कार्यक्रम तर्जुमा गरि पहल गरिने छ ।
    २१. गाँउपालिका भित्र कार्यरत NGO/INGO हरुलाई पारदर्शी र जिम्मेवार बनाउन सम्पूर्ण NGO/INGO हरु गाँउपालिकाको छाता भित्र रहि गाँउपालिकाको पूर्व स्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । प्रत्येक कामको चौमासिक प्रगति विवरण सम्बन्धित तहमा वुझाउनु पर्ने व्यवस्था गरिनेछ ।
    गाँउपालिकामा NGO DESKस्थापना गरी गैर सरकारी संस्थाहरुको एकिकृत विवरण प्रकाशित गर्ने कार्यक्रमलाई यस आ.व मा सम्पन्न गर्ने लक्ष्य लिईएकोछ ।
    २२. नेपालमा विकृतिको रुपमा स्थापीत असार मसान्तमायोजना कार्यान्वयन गर्ने परिपाटीलाई निरुत्साहित गर्नचैत्र मसान्त भित्र सम्झौता नभएका योजनाहरुको रकम गाँउकार्यपालिकाको निर्णयले रकमान्तार गर्ने गरिगाउँसभाबाट विद्येयक पारित गराई गत आर्थिक वर्षमा कार्यसम्पादन तथा कार्यान्वयनको थालनी भएकोमा यस कार्यबाट गाउँपालिकाको विभिन्न योजनाहरु समयमा सम्पन्न भई कार्यसम्पादन गर्न सहजभएकोले यस कार्यलाई निरन्तरता दिईने छ ।
    २३. खेलकुद क्षेत्रमा विकास गराउने उद्देश्यले एक वडा एक खेलकुद मैदान निर्माण गर्ने योजना बनाएकोमा केहि वडाहरुमा बजेटको विनियोजन भई खेल मैदान बनाउने कार्य अगाडि बढीरहेकोले आ.व २०७५/०७६ को कार्यक्रममा यस कार्यलाई निरन्तरता दिइदैँ लगिने छ । गाउँपालिकाको उपयुक्त स्थानमा एउटा स्टेडियम र कवड हल निर्माण गर्नको लागि विशेष पहल गरिने छ  ।
    २४. बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग मार्गकरिव७५ प्रतिशत यस गाउँपालिका क्षेत्रमा पर्ने भएतापनि हालसम्म आयोजनालेमेलम्ची खोलाबाट सुख्खायामको समयमा छोडिने पानीकोमात्र एकिन नहुँदाआयोजनाको ड्याम क्षेत्र तल संचालित कृषि, ट्राउट फर्म, सिँचाई, खेती योग्य जमिन लगायतको व्यवसायिक फर्महरु जोखिममा पर्न सक्ने हुँदासो सम्बन्धमाविशेष पहल गरिने छ । साथै खानेपानी काठमाडौँ लगेपछिको यस गाउँपालिका भित्रको जनतालाई दिनुपर्ने रोयल्टी लगायतका विभिन्न सुविधाहरुको बारेमासंघीय सरकार र प्रदेश सरकार सँग समन्वय गरि कार्यान्वयनमा ल्याउनको लागि विशेष जोड दिईने छ ।
    २५. एक वस्ती एक ग्रीन चिल्ड्रेन पार्क Green Children Park,स्मारक पार्कःयस गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न वस्तीहरुमा सुविधा सम्पन्न ग्रिन चिल्ड्रेन पार्कनिर्माण कार्यक्रको अवधारणा अगाडि ल्याईने छ ।  साथै यसको सुरुवातको लागि कुनै एक वस्तीबाट सुरु गर्नबजेटको व्यवस्था गरिने छ ।
    २६. हेलम्बु गाउँपालिकाभित्रको ECD कक्षाहरुलाई व्यवस्था गराउनको लागि ECD मा अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरुको सेवा सुविधा तथा विद्यालयको लेखा सम्बन्धि कर्मचारीहरुको सेवा सुविधाको वारेमा गाउँपालिकाले खाजा भत्ता स्वरुप प्रति शिक्षक थप रु,४००० र पोषाक भत्ता उपलब्ध गराइने छ ।
    २७. गाउँपालिकाको प्रशासकिय कार्यालयहरुको भौतिक संरचनाको निर्माणलाई जोड दिएको छ । यस अन्तर्गत आ.व २०७५/०७६ को लागि कम्तीमा २ वटा वडा कार्यालय भवन निर्माणको लागि बजेट विनियोजन गरिने छ ।
    २८. पत्रकारीता क्षेत्र प्रवद्र्धन कार्यक्रमः स्थानीय पत्रपत्रिका, रेडियोलाई विज्ञापन, तालिम जस्ता कार्यक्रमहरु गर्न नेपाल पत्रकार महासंघको समन्वयमा कार्यक्रम संचालन गर्नको लागि बजेटको व्यवस्था गरिने छ ।
    २९. गाउँपालिकामा भुकम्प प्रतिरोधात्मक आवास निर्माण सम्पन्न र निर्माणाधीन भएका घरको नक्शा पासहेल्भेटासको प्राविधिक सहयोगमा एक वर्ष भित्र नक्शा बनाउने सम्पूर्ण घरधनीहरुलाई निशुल्क गर्ने व्यवस्था गरिने छ । साथै गाउँपालिका भित्र  निर्माणहुन बाँकी विद्यालय र मोडल विद्यालय निर्माण गर्न कारितास स्वीजरल्याण्डसँग गाउँपालिकाले सहकार्य गरी निर्माण गर्नकोलागि पहल गर्ने छ ।
    ३०. हेलम्बु गाउँपालिका वडा नं १ मा रहेको तिम्बु मेलम्चीघ्याङ सडक खण्डको मेलम्ची खोलामा मोटरेवल पुलको डि.पी.आर सम्पन्न भईसकेकोले आर्थिक वर्ष भित्र प्रदेश र संघीय सरकारको समन्वयमा पुल निर्माणको कार्य अगाडि बढाईने छ ।
    ३१. गाउँपालिका भित्रका वडाहरुमा वडास्तरीय टोल विकास समित गठन गरिने छ । समितिहरु मार्फत जनसहभागीतामा आधारित विभिन्न कार्यक्रमहरु संचालन गरिने छ । यस कार्यक्रमकोे लागि बजेटको व्यवस्था गरिने छ ।
    ३२. लामीडाँडा, मेलम्ची, ग्याल्थुम,  तिम्बु मुख्य सडकको तालामाराङ देखि ग्याल्थुम, चनौटे, तिम्बु सम्मको सडक कालोपत्रे गर्नगाउँपालिकाले डि.पी.आर तयार गराईसकेकोलेआगामी आर्थिक वर्षमा यस सडक खण्डलाई कालोपत्रे गर्ने कार्य सुरु गर्नविशेष पहल गरिने छ।
    ३३. महिला र दलित जनप्रतिनिधीहरुलाई क्षमता विकास तालिम संचालन गरिने छ ।
    ३४. गाउँपालिकामा कतिपय पर्यटकीय गन्तव्यहरु आन्तरिक पर्यटक मैत्री नभएको र आन्तरिक पर्यटनहरुलाई बसोवासको समस्या भएको भनी गुनासो आउने गरेकोले यस समस्यालाई समाधान गर्नको लागि गाउँपालिकाले विभिन्न स्थानहरुमा पर्यटन आवशिय गृह निर्माण गरि संचालनमा ल्याउनको लािग विशेष पहल गरिने छ ।
    ३५. गाउँपालिका क्षेत्रमा चिया  र ट्राउट पकेट क्षेत्र स्थापना भईसकेको छ । आगामी दिनमा स्याऊ कागती र टिमुर, लसुन, प्याजको पकेट क्षेत्र स्थापना गरिने छ । सामुहिक रुपमा व्यवसायिक कृषि वा पशुपालन गर्ने व्यक्ति वा समुहलाई गाउँपालिकाबाट विशेष सहयोग पुर्याईने छ ।  गाउँपालिकामा ठुलो स्तरमा व्यवसायिक कृषि गर्दै आएका कृषकहरुको व्यवसायमा प्राकृतिक विपत्ति महामारी लगायतका कारणले ठुलो क्षती हुन गएमा निज कृषकहरुलाई उनीहरुको क्षतीको केही भाग क्षतीपुर्तिको रुपमा गाउँपालिकाले उपलब्ध गराउने छ ।
    ३६. गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक भवनहरु मर्मतको लागि एउटा मर्मत संभार कोषको स्थापना गरिने छ । गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसार यसको संचालन हुने छ ।
    ३७. यस गाउँपालिका भित्र रहेका सवै ग्रामीण सडकलाई बाह्रै महिना चल्ने गरि स्तर उन्नती गर्ने निति रहेकोमा यस आर्थिक वर्षमा हरेक वडा कार्यालय सम्म जोड्ने सडकलाई सोही मापदण्ड अनुरुपको गराईने छ ।
    ३८. जेष्ठ नागरिकहरुको अनुभव र सीप नयाँ पुस्तामाहस्तान्तरण ःगाउँपालिका भित्र प्रयोगमा नआएकोसामुदायिक भवनलाई जेष्ठ नागरिकहरु भेटघाट, छलफल र संस्कृति प्रवद्र्धनको लागि प्रयोग गरिने छ । उक्त भवनमा सोही प्रयोजनको लािग आवश्यक सामाग्रीहरु गाउँपालिकाले उपलब्ध गराउने छ । साथै जेष्ठ नागरिकहरुमा भएको  अमूल्य सीप र अनुभवलाई नयाँ पुस्तामा बाड्नको लागि अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिने छ ।
    ३९. अतिथी सत्कारको क्रममा स्थानीय फूल र खादाको प्रयोगलाई प्रवद्र्धन गरिने छ । खादाको रुपमा भैरहेको ढाकाको प्रयोगलाई निरुत्साहित गरिने छ ।
    ४०. हेलम्बु गाउँपालिकालाई औधोगिक रुपमा विकास गर्नको लागि हेलम्बु गाउँपालिका भित्र रहेको खाली सार्वजनिक जग्गाहरुलाई प्रयोगमा ल्याउने उद्देश्यले निजि साझेदारी लगानीकर्ताहरुलाई निश्चित समयको लागि जग्गा भाडामा दिई विभिन्न किसिमको व्यवसाय संचालन गर्न प्रोेत्साहन गर्ने लक्ष्य लिएको छु र सो कार्यको लागि आवश्यक पुर्वाधारहरु यस हेलम्बु गाउँपालिकाले व्यवस्थाको लागि पहल गर्ने कार्यक्रमलाई यस आ.व मा पनि निरन्तरता दिईएको छ ।
    ४१. हेलम्बु गाउँपालिकामा प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन कोष स्थापना गर्न यस बर्षमा केही रकम विनियोजन गरिएको छ । उक्त कोषलाई बृद्धि गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाहरुलाई अनुरोध गरिने छ ।
    ४२. यस गाउँपालिका,UNDP / CSRCको सयुक्त लगानिमा (Muchual fund)मार्फतगत आ.व.मा संचालित योजना तथा कार्यक्रहरु प्रभावकारी रुपमा सम्पन्न भएकोले अन्य NGO/ INGO हरुलाईपनि सोहि मोडलमा सहकार्यको लागि प्रोत्तसाहन गरिने र UNDP लाई यस कार्यक्रलाई निरन्तरता दिनको लागि गाउँपालिकाको तर्फबाट विषेश पहल हुने छ ।
    ४३. यस हेलम्बु गाउँपालिका भित्र रहेको सम्पुर्ण गुठी जग्गाहरुलाई गुठी नमासिने गरी सो उपभोग गरिरहेका कृषकहरुलई उक्त जग्गाको मोही पुर्जा वितरण गरी, बैक,शहकारी तथा अन्य वित्तिय कारोवार गर्न सहजिकरण गर्न पहलगरिने छ ।
    ४४.  हेलम्बु गाउँपालिका क्षेत्रभित्र प्रशस्त जडीबुटीहरु रहेको छ । यसको संरक्षण  तथा प्रवद्र्घनको लागि विशेष पहल गरिने छ ।
    ४५.  सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भत्ता समसामयिक रुपमा वृद्घि गरिने छ ।
    अन्तमा, 
    हेलम्बु गाउँपालिकाको कार्यालाय तथा वडा कार्यालयबाट हुने सम्पूर्ण सेवा तथा सुविधालाई छिटो र छरितोको लागि हामी सदैव तत्पर रहेको वचन प्रतिबद्धताका साथ माथि उल्लेखित केही ठुला विकासको योजनाहरु तथा उल्लेख गर्न छुटेका विकासको शीर्षकहरुलाई सम्बन्धित क्षेत्रगत निकायहरुमा समावेश गरी हेलम्बु गाउँपालिकालाई नमुना गाउँपालिका निर्माण गर्ने लक्ष्य पुरागर्न सम्बन्धित सबैलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।
    धन्यवाद, थुजिक्षे ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस