२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

काम नगर्ने ठेकेदार पक्राउ

  • २०७५ जेष्ठ ३१, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    ३१ जेष्ठ २०७५, सिन्धुपाल्चोक ।

    चौतारा–साँगाचोकगढी नगरपालिका– २ बतासेस्थित कालिका मावि भवन निर्माणमा ढिलाई गरेको भन्दै ठेकेदारलाई पक्राउ गरिएको छ ।

    बुधबार दिउँसो १२ बजे विद्यालय निर्माणको जिम्मा लिएका एम. के. शान्ति एण्ड जेभी कन्ष्ट्रकशनका ठेकेदार रामेछाप लिखु–तामाकोशी गाउँपालिका– ७ का भीमप्रसाद गौतमलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले बताए । पोखरेलको अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा राखिएको छ ।

    एशियाली विकास बैंकको सहयोग १७ करोड रुपियाँको लागतमा निर्माणाधिन यो विद्यालय आउँदो भदौ महिनासम्ममा सम्नु पर्ने सम्झौता छ तर ठेकेदार कम्पनीले पानीको अभाव भन्दै मुस्किलले २० प्रतिशत मात्र काम भएको बताएको थियो ।

    एशियाली विकास बैंककै सहयोगमा सिन्धुपाल्चोकको बतासेमा विभिन्न ३ वटा विद्यालय भवन निर्माणको काम भइरहेको छ । तीनवटै विद्यालय भवन निर्माणको काम यो ठेकेदार कम्पनीले लिएको र तीनवटै विद्यालय भवनमा ढिलासुस्ती र आलटाल गर्दै आइरहेको स्थानीयले बताएका छन् ।

    ठेकेदार कम्पनी क वर्गको ठेकेदार भएको र यसका मुख्य ठेकेदार भने विदेशमा रहेको बताउँदै प्रहरीको नियन्त्रणमा पर्ने पौडेलले आफू सब कन्ट्रयाक्टर मात्र भएको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस