खबरज्योती,
३ वैसाख २०७५, सिन्धुपाल्चोक ।
शैक्षिक सुधार योजना अन्तर्गत हेलम्बु गाउँपालिकाले पालिका भित्रका सबै शिक्षकलाई अभिमुखिकरण गराएको छ ।
शिक्षालाइ प्रमुख प्राथमिकता दिँदै आफ्नै शिक्षा नयमावली समेत जारी गरिसकेको उक्त पालिकाले नियमावलीको मर्म अनुरुप शैक्षिक सुधारका विभिन्न गतिबिधि सुरु गरेको छ । जस अन्तर्गत पहिलो चरणमा वैशाख २३/२४ गते पालिका भित्रका ३६ वटा सामुदायिक र २ वटा नीजि विद्ययालयका प्रधानाध्यापकहरुलाई क्षमता विकास तालिम प्रधान गरिएको छ । दोस्रो चरणमा पालिका भित्रका सबै नीजि तथा सामुदायिक विद्यालयका सबै शिक्षकहरुलाइ कसरी पाठयोजना बनाउने र विद्यार्थीलाई कसरी बुझाउने भन्ने बारे तीन दिने तालिम प्रधान गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
‘हामीले पालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई दक्ष बनाएका छौं र शैक्षिक सुधारको लागि केही सम्झौता पनि गरेका छौं । सम्झौतामा अनुसार उत्कृष्ट काम गर्ने प्रधानाध्यापकलाई सम्मान तथा सम्झौतामा पालना गर्न नसक्ने प्रधानाध्यापकलाई दण्डित पनि गर्छाैं,’ शेर्पाले भने ।
प्रतिक्रिया दिनुहोस