खबरज्योती
२६ चैत्र २०७४, सिन्धुपाल्चोक ।
नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा हेलम्बु गाउँपालिका ३ का ६ सय ६४ घरधुरिलाइ सोलारबत्ति वितरण गरिएको छ ।
भूकम्पबाट प्रभावितहरुलाई सहयोग स्वरुप १० वाट क्षमताको सोलार वितरण गरिएको हो । सोलार बितरण समारोहलाइ सम्बोधन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले विधुत खपत कम गर्नको लागि सबै नागरिकले बैकल्पिक उर्जाको प्रयोग गर्नुपर्ने बताए ।
‘अहिले विद्युतिय समस्या बढ्दो रुपमा छ’, अध्यक्ष शेर्पाले भने– ‘त्यसलाई कम गर्न र दैनिक रुपमा उर्जाको प्रयोग गर्न पनि बैकल्पिक बाटो खोज्नु जरुरी छ ।’ सोलार प्रयोगबाट विद्युत खपत हुनुको साथै सौर्य उर्जाको सदुपयोग हुने उनले बताए ।
वैकल्पिक उर्जा प्राप्त भईसकेका कारण अब कोहीपनि उज्यालोबाट बन्चित नहुने हेलम्बु गाउँपालिका- ३ का वडा अध्यक्ष छिरिङ लामाले बताए ।
सोलार पाएपछि स्थानीयहरु निक्कै खुसी भएका छन् । नीजि आवास निर्माणको लागि लाभग्राहितको सूचिमा सुचिकृत भएकाहरुलाई सोलार वितरण गरिएको थियो । उक्त क्रार्यक्रमलाई सामुदायिक वातावरण संरक्षण मञ्चले सहजिकरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस