खबरज्योती
२६ चैत्र २०७४, सिन्धुपाल्चोक ।
जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्ता परीक्षण एवं पहिचान, सहायक सामाग्रीको आवश्यकता पहिचान, प्रेषण र परामर्श सम्बन्धी घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सो शिविरबाट १ सय ७२ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका छन् । गएको २२ गते चौतारा साँगाचोकगढी नगरपालिका– १० को जल्केनी स्वास्थ्य चौकी जल्केनी र २३ गते इन्द्रावती गाँउपालिका–४ नवलपुर स्वास्थ्य चौकीमा भएको शिविरबाट उनीहरुले लाभ लिएको पूर्नस्थापना र विकासको लागि श्रोत केन्द्र नेपालका कार्यक्रम संयोजक सुरेश प्रधानले जानकारी दिए ।
सेवा लिनेहरुमा ७८ जनाले कान, ३८ जनाले आँखा र ५६ जनाले शारीरिक सम्वन्धी सुविधा लिएका थिए । कान सम्वन्धी समस्या भएका र श्रवण यन्त्र आवश्यक पर्ने व्यक्तिहरुलाई तत्कालै उपलव्ध गराएको टुकी संघ सुनकोशी समावेशी शिक्षा परियोजनाका कार्यक्रम व्यवस्थापक सोमबहादुर स्याङ्तानले बताए ।
शिविर राष्ट्रिय अपाङ्ग कोष काठमाण्डौको प्राविधिक सहयोग, सेभ द चिल्ड्रेन र सिविएमको सहयोग एमव् टुकी संघ सुनकोशी सिन्धुपाल्चोक र पुनस्र्थापन र विकासको लागि श्रोत केन्द्र भक्तपुरको संयुक्त आयोजना भएको थियो ।
प्रतिक्रिया दिनुहोस