२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्ची आयोजनाको प्रगति ९३ प्रतिशत

  • २०७४ चैत्र १७, शनिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती,
    १७ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    मेलम्ची खानेपानी आयोजनाले ९३ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ ।

    चालू आर्थिक वर्षमा नै निमार्ण सम्पन्न गर्ने लक्ष्य लिइएको मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले यस वर्ष ५ अर्ब ९८ करोड ४९ लाख २९ हजार रुपैयाँ बजेट विनियोजित गरेको छ ।

    जसमध्ये १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ । जुन २० दशमलव ७९ प्रतिशत हो । हालसम्म आयोजनाको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८५ दशमलव ९८ प्रतिशत रहेको जनाएको छ । लामो समयदेखिको उपत्यकाबासीको खानेपानीको समस्या समाधानका लागि बहुप्रतिक्षीत मेलम्ची आयोजना सम्पन्न हुने अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहिति मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०५८।५९ मा सुरु भएको थियो । दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिने यो आयोजनाको मूख्य सुरुङ निर्माणको ठेक्का पाएको कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरी २०७० असारमा पुनः ठेक्का सम्झौता भएको थियो ।

    निर्माण व्यवसायीको कमजोर व्यवस्थापन, उपकरण तथा जगेडा सामानमा कमी, जनशक्ति व्यवस्थापनमा कमजोरी, काठमाडौं उपत्यकामा पाइप बिछ्याउन भएको ढिलाइ आदि कारणले आयोजना निर्माणमा कठिनाइ उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस