२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

हेलम्बुमा संस्कृत र सम्भुटा भाषा पढाईने

  • २०७४ चैत्र १७, शनिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती
    १७ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    हेलम्बु गाउँपालिकाका सबै विद्यालयमा संस्कृत र सम्भुटा ९लामा० भाषाको अध्यापन हुने भएको छ ।

    हेलम्बु गाउँपालिकाको शिक्षा समितिको बसेको बैठकले पालिकाका प्रत्येक विद्यालयमा ऐच्छिक विषयको रुपमा संस्कृत र सम्भुटा भाषाको अध्यापन गराईने निर्णय गरेको हो । ‘पाठ्यक्रमनै बनाएर अध्यापन सुरु गर्ने योजना बनाएका छौं’, पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने– ‘सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने योजना अनुरुप विद्यालयहरुमा दुबै भाषालाई ऐच्छिक बनाई अध्यापन गर्ने योजनामा छौं ।’

    गाउँपालिकाको निर्णयलाई स्थानीयले स्वागत गरेका छन् । ‘पालिकाको निर्णय स्वागत योग्य छ’, स्थानीय पेमा लामा ह्योल्मो भन्छिन्– ‘यस्ता कार्यलाई निरन्तरता दिन जरुरी छ ।’ हेलम्बु गाउँपालिकाले सधैं स्वागत योग्य काम गर्ने गरेको भन्दै कृष्ण गुरुङ भन्छन्– ‘राम्रो निर्ण गर्नु भएको छ, योसँगै हेलम्बु स्याउको लागि प्रख्यात ठाउँ हो । पालिकाले आधुनिक कृषि प्रविधिबाट फेरि स्याउ खेति सुरु गर्ने योजना बनाए अझैं उपयुक्त हुने    थियो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस