खबरज्योती
४ चैत्र २०७४, सिन्धुपाल्चोक ।
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा पुतलीमायाको ६९ वर्षको उमेरमा शनिबार आफ्नै निवासमा मृत्यु भएको हो ।
लामो समयदेखि क्यान्सरबाट थलिएकी आमाको अध्यक्ष श्रेष्ठले विभिन्न अस्पताल पुर्याएर उपचार गरेका थिए । तर, उपचार सम्भव भएन । तीन सन्तानकी आमा पुतलीमाया पुरानो बजार चौताराका लागि प्रेरणाकी स्रोत थिइन् ।
२५ वर्षदेखि पत्रकारितामा क्रियाशील श्रेष्ठ जिल्लाका लागि प्रगतिशील वरिष्ठ साहित्यकारसमेत हुन् । नेपाल पत्रकार महासंघ सिन्धु शाखामा पटकपटक विभिन्न जिम्मेवारी सम्हालेका श्रेष्ठलाई मातृशोक परेपछि विभिन्न संघसंस्थाबाट समवेदना प्रकट गरिएको छ । नेपाल पत्रकार महासंध सिन्धु शाखा, प्रेस सेन्टर सिन्धुपाल्चोक लगायतले प्रेस विज्ञप्ति जारी गर्दै आमा पुतलीमायाप्रति हार्दिक श्रद्धाञ्जली र शोकमा डुबेका श्रेष्ठ परिवारलाई समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस