खबरज्योती
५ चैत्र २०७४, सिन्धुपाल्चोक ।
भूकम्प आए लगत्तै कारागारबाट भागेका सिन्धुपाल्चोक भोताङका मान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लामालाई मूलपानीबाट पक्राउ गरेको हो । उनी २०७२ बैसाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका थिए ।
सो भूकम्पका बेला सिन्धुपाल्चोक कारागारबाट २ सय १२ जना कैदीबन्दी भागेका थिए । कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि उनी कारागार चलान भएका थिए ।
प्रतिक्रिया दिनुहोस