खबरज्योती
५ फागुन २०७४, सिन्धुपाल्चोक ।
कम्प्युटरमा हुने पोग्रामिङलाई सजिलो तरिकामा सिक्नका लागि टाइनिविट्स फाउन्डेसनद्वारा ‘लेट्स इस्क्याच’ नामक कार्यक्रम चौतारामा सञ्चालन गरेको छ ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका विद्यालयहरु मध्ये १९ वटा विद्यालयहरुमा कम्प्युटर विषय शिक्षण गर्ने शिक्षकहरुको उपस्थिती रहेको थियो । चौतारा सागाँचोकगढी नगरपालिका– ५ को हलमा सञ्चालन भएको कार्यक्रममा इस्क्याच प्रोग्रामको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रशिक्षक रविन श्रेष्ठले इस्क्याच प्रोग्रामको प्रयोगको फाइदा र यसबाट विद्यार्थीहरुलाई हुन सक्ने फाइदाको बारेमा उल्लेख गरेका थिए । श्रेष्ठका अनुसार इस्क्याच प्रोग्राम सजिलो तरिकाबाट कम्प्युटरमा गेम र एनिमेसन गर्ने प्रकृया हो । यस कार्यका लागि कुनै खालका प्रोग्रामिङ कोडहरु घोक्न पर्दैन ।
त्यसै अर्का प्रशिक्षक स्वर्णिम श्रेष्ठले गेम र एनिमेसन बनाई प्रदर्शन गरेका थिए । कार्यक्रम निक्कै फाईदाजनक रहेको सहभागिहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस