खबरज्योति
६ पौष २०७४, सिन्धुपाल्चोक ।
विशाल काल्तान (तामाङ)को पहिलो म्हेन्दोमाय गीत`तामाङ नाम्सारी´ सार्वजानिक भएको छ ।
सेलो जगतमा आफ्नो बेग्लै पहिचान सहित चर्चाको सिखरमा रहेका गायक विशालले आफ्नो पहिलो म्हेन्दोमाया गीत ल्हापसाङ कार्पो युटुब च्यानल मार्फत सार्वजानिक गरेका छन् ।
सन्तबहादुर तामाङको शब्द र रोशन फ्युबाको संगितमा रहेको गीतलाई विशाल काल्तानले गाएका हुन भने उनलाई विना घले (लोप्चनले) साथ दिएकी छिन् । फापरे सेलो र खादोके सेलो भनेझै म्हेन्दोमाया पनि तामाङ गीत संगित भित्रको एक पाटो हो ।
माया प्रेममा आधारित यस गितलाई छोटो समयमै धेरै स्रोताले मन पराएका छन् ।
तामाङ कलाकार संघ नेपालको केन्द्रीय सचिव समेत रहेका विशाल लोकप्रिय गायक मात्र नभई बहुप्रतिभाशाली गायक पनि हुन् ।रचनाकार , संगितकार, गायक र मोडलिङ समेत आफै गर्न सक्ने विशालले अहिलेसम्म दुई दर्जन भन्दा बढि तामाङ चलचित्रहरुको गीतमा स्वर तथा संगित भरेका छन् ।
आफ्नो तीन वटा एल्बम तेमाल कोर्बारि, मेलवान र फोकस अन सेलो जस्ता चर्चित एल्बम पछि अहिले नयाँ एल्बमको तयारीमा रहेकोले सोही काममा ब्यस्त रहेको बताउछन गायक तथा संगितकार विशाल काल्तान ।
प्रतिक्रिया दिनुहोस