खबरज्योति
२४ मंसिर २०७४, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा प्रदेशसभा तर्फको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा ३ प्रदेश वाम गठबन्धनले जितेको छ भने १ प्रदेश लोकतान्त्रिक गठबन्धनले लगेको छ ।
प्रतिनिधि सभा १ तर्फको दुबै प्रदेश सभा बाम गठबन्धनको पोल्टामा परेको छ । प्रदेश सभा १ मा एमालेका अरूण नेपालले काँग्रेसका विष्णुबहादुर खत्रीलाई पराजित गरे । एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका नेपालले प्रतिद्वन्दी विष्णु खत्रीलाई ७ हजार ७९ मतले जिते ।
प्रदेश २ मा पनि एमालेकै शरेश नेपालले जीत हात पारेका छन् । पूर्व जिविस सभापति समेत रहेका नेपालले कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।
यस्तै प्रतिनिधि सभा २ तर्फको प्रदेश सभा १ मा माओवादी केन्द्रका युवराज दुलालले जित हात पारे । काँग्रेसका विकास तामाङलाई पछि पार्दै दुलालले जित हात पारेका हुन् ।
प्रदेश २ मा भने नेपाली कांग्रेसका उम्मेदवार निमा ह्योल्मो लामाले जीत हासिल गरेका छन् । १९७ उनका प्रतिद्वन्दी बाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का दावा तामाङलाई १ सय ९७ मतले जितेका हुन् ।
सिन्धुपाल्चोक ६ सीट मध्ये बामपन्थी गठबन्धन को ५ र लोकतान्त्रिक गठबन्धनले १ सिटमा विजय प्राप्त गरेको छ ।
प्रतिनिधि सभा १ – (प्रदेश क)
खसेको कुल मत : ३९८६४
अरूण नेपाल (एमाले) : २१७१२ (विजयी)
बिष्णुबहादुर खत्री (काँग्रेस) : १४६३३
प्रतिनिधि सभा १ – (प्रदेश ख)
खसेको कुल मत : ३८९८७
सरेश नेपाल (एमाले) : २२८३७ (विजयी)
राजेन्द्रकुमार श्रेष्ठ (काँग्रेस) : १२१८७
प्रतिनिधि सभा २ – (प्रदेश क)
खसेको कुल मत : ३७२९३
युवराज दुलाल – नेकपा (माओवादी केन्द्र) : २०६८७ (विजयी)
बिकास तामाङ (काँग्रेस) : १३५२१
प्रतिनिधि सभा २ – (प्रदेश ख)
खसेको कुल मत : ४०७०१
निमा लामा (काँग्रेस) : १८९०५ (विजयी)
दावा तामाङ – नेकपा (माओवादी केन्द्र) : १८७०८
प्रतिक्रिया दिनुहोस