खबरज्योति
२१ मंसिर २०७४, सिन्धुपाल्चोक ।
पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आजबाट हुँदैछ । सिन्धुपाल्चोकमा साँझ ५ बजेबाट मतदान सुरु गरिने मूख्य निर्वाचन अधिकृत दिपक खनालले बताएका छन् ।
मंसिर १० मा भएको निर्वाचनको मतगणना सुरु हुने भएपछि उम्मेदवारहरु मतपेटिकाभित्र कैद भविष्य पर्खंदै छन् । जिल्लाका सबै उम्मेदवार सदरमुकाम आईसकेका छन् । मतदान त सकियो तर नतिजा मतपेटिकामै छ । नतिजा थाहा पाउन अझै केहि दिन लाग्नेछ ।
‘मतदान त सन्तोषजनक रुपमा सकियो, जितिन्छ भन्ने विश्वास हो’, प्रतिनिधिसभा २ को प्रदेश सभा १ का उम्मेदवार युवराज दुलालले भने– ‘तर विजय उत्सव मनाउन अझ केहि दिन पखर्नुपर्ने बाध्यता छ ।’
जिल्लाका सबै उम्मेदवारको व्यथा दुलालको जस्तै छ । मतपरिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने भएकाले सबैजसो उम्मेदवार बेचैन छन् । ‘अनुमानमात्र लगाउन सक्ने भयौं । अबिर लगाउन त दुई तीन दिन अझ कुर्नु पर्छ’, वाम गठबन्धनबाट प्रतिनिधिसभा १ को प्रदेशसभा २ सदस्य उम्मेदवार शरेश नेपालले भने ।
यतिबेला धेरै उम्मेदवार जित्ने आशामा बसेका छन् । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा १८ दलका ५७ उम्मेदवार छन् । जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि २२ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । त्यस्तै प्रदेशसभा सदस्यका लागि ३५ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । यी मध्ये २ जना प्रतिनिधि सभा र ४ जना प्रदेशसभामा विजयी हुनेछन् ।
जिल्लाभरका एकसय ४४ मतदानस्थलका दुई सय ८५ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका थिए । जिल्ला निर्वाचन कार्यालयकाअनुसार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा जिल्लाभर दुई लाख २६ हजार पा“चसय चालिस मतदाताले मतदान गरेका छन् । प्रतिनिधि सभा १ मा एकलाख १४ हजार ३ सय ४७ र प्रतिनिधि सभा २ मा एकलाख १२ हजार एकसय ९३ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस