खबरज्योति
१३ मंसिर २०७४, रामेछाप ।
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मंगलबार चौथो दिन रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकल र्याली निकालिएको छ ।
जिल्ला समन्वय सतिति रामेछापको प्राङ्गणबाट सुरु भएको र्याली बसपार्क, तामाकोसी पुल, सुकाजोर खेला, मछेडाँडी हुँदै देवकोटा चोकमा आई टुङ्गिएको थियो । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, अधिकारकर्मी लगायत स्वस्फुर्त अभियान्ताहरु ५६ वटा मोटरसाइकल र ४ वटा स्कुटरमा सहभागी थिए ।
र्यालीमा सहभागिहरुले राष्ट्रिय नारा ‘लैंङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौः कोही नछुटौ’ लेखिएको प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए । लैंङ्गिक हिंसाको दृष्टिले संवेदनशील मानिने रामेछाप जिल्लामा अघिल्ला वर्षहरुमा महिलाहरुकोे सहभागिता बढी देखिए पनि यस वर्षको र्यालीमा भने पुरुषहरुको दोब्बर सहभागिता रहेको थियो ।
लैङ्गिकताको सवाल केवल महिलाको मात्र नभएर सामाजिक समस्या भएकाले पुरुषहरुको पनि सहभागिता गराउने उद्देश्यले मोटरसाइकल र्याली आयोजना गरिएको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले बताइन ।
प्रतिक्रिया दिनुहोस