२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

आज राष्ट्रिय क्षयरोग दिवस

Thumbnail
  • २०७४ मंसिर १३, बुधबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    १३ मंसिर २०७४, सिन्धुपाल्चोक ।

    ‘क्षयरोग मुक्त समाज, सबैका लागि जीबन’ भन्ने नाराकासाथ ६० औं राष्ट्रिय क्षयरोग दिवस विहीबार नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो । दिवसको अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालय र स्वाथ्यको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले  र्‍याली तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरेका छन् ।

    नेपालमा कुल जनसंख्याको ४५ प्रतिशतमा क्षयरोगको संक्रमण छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोगबाट विश्वभर हरेक वर्ष १४ लाख मानिसको मृत्यु हुन्छ भने नेपालमा हरेक बर्ष ५ देखि ७ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा क्षयरोग निवारणकालागि विरामीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने ‘डट्स’ विधिबाट निःशुल्क उपचार हुदै आएको छ । देशका ७५ वटै जिल्लामा चार हजार भन्दा बढि स्वास्थ्य संस्थाहरुमा डट्स विधिबाट उपचार हुँदै आएको छ ।

    स्वास्प्रश्वासबाट सजिलै सर्ने यो रोगको संक्रमण मधुमेह, एचआइभी, क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका लगायत विरामीमा बढि हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस