२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नेपालको ऐतिहासिक निर्वाचन

Thumbnail
  • २०७४ कार्तिक २९, बुधबार मा प्रकाशित ७ साल अघि
    • पुन्य खनाल

    स्थानीय निकायहरुको पटक पटक निर्वाचनहरु भए । तर स्थानीय निकायका पूर्व निर्वाचनहरु र यो निर्वाचनमा धेरै अन्तर मात्र होइन अधिकार र महत्व पनि धेरै छ । यसैले पनि यसपटकको निर्वाचनलाई सबैले ध्यानपूर्वक र सुक्ष्म तरिकाले नियाल्नु र भाग लिनु जरुरी छ । स्थानीय तहमा रहने कार्यकारी अधिकारको परिचालन, व्यावस्थापकिय अधिकार, आर्थिक अधिकार र न्यायीक अधिकारहरुको परिचालन गर्न पाउने अधिकार सम्पन्न बनाईएको छ । अब स्थानीय तहले यी सबै अधिकारको विना अंकुश परिचालन गरिनाले स्थानीय तहहरुको विकास र उन्नती गर्न सबै अधिकार र बाटाहरु खुल्ला छन ।

    कस्ले आफ्ना अधिकारको कसरी उपयोग गर्दा र कति उन्नत र दीर्घकालिन सोचका साथ योजना निर्माण र कार्यान्वयन गर्छ त्यो नेतृत्वको खुबी र क्षमतामा भर पर्छ । दीर्घकालिन सोच र क्षमतावान नेतृत्व, त्यागी र पारदर्शी नेतृत्व, निष्ठाको राजनीतिमा विश्वास गर्ने नेतृत्व चुन्ने स्थानीय निकायको विकास र पगति तिवगतिमा अघि जाने निश्चीत छ । यस्तो नेतृत्वलाई कसैले छेक्न रोक्न र अल्मलियाउन सक्दैन ।

    यो अवसर सवै स्थानीय तहमा आएको छ । तर अवसर संगै चुनौति पनि छन । नेतृत्वमा न्याय गर्ने, योजना निर्माण र कार्यान्वयन, बजेट निर्माण कार्यान्वयन गर्ने क्षमतामा कमी हुने वितिकै नेतृत्वलाई कर्मचारीतन्त्रले खेलाउने मौका पाउँ छ । स्थानीय निकायमा रहने कार्यकारी अधिकृतदेखि अन्य कर्मचारी, प्राविधिक कर्मचारी, स्वास्थ्य, शिक्षा, वन, वातावरण, सडक, कृषि लगायत स्थानीय तहको अधिनमा रहने अनेकन विभागहरुको रेख देख र परिचालन गर्ने क्षमता जुन स्थानीयत तहका नेतृत्वमा रहन्छ त्यस्ले छोटो समयमा उन्नती गर्न सक्ने निश्चीत छ । त्यसैले अक चुनिने स्थानीय तहका नेतृत्वहरु कर्मचारीको इसारामा चल्ने नभई कर्मचारीलाई निर्वाचितहरुले आफ्नो योजना र निर्देशनमा सञ्चालन गर्ने क्षमता हुन अनिवार्य छ । अहिलेसम्मका स्थानीय निकायहरु कर्मचारीको भरमा चलेको र कर्मचारीहरुले आफूले आफू अनुकुल स्थानीय निकाय सञ्चालन गरी आफू मात्र बन्ने र ठाउँ र गाउँलाई कम महत्व दिने चरित्र बनाई सकेका कर्मचारीहरुले नेतृत्व कम्जोर भए सोही अनुसार अहिलेका स्थानीय तहहरुलाई पनि सञ्चालन गर्न भरमग्दुर प्रयास गर्ने निश्चीत छ ।
    यो प्रयासलाई विफल पार्दै स्थानीय निकायका कर्मचारीलाई नेतृत्वले नियन्त्रणमा नराख्ने खुवी र क्षमता निर्माण गर्न जरुरी छ । त्यसैले निर्वाचत नेतृत्वले यी खुवीका अलावा विकास र उन्नतीका दीर्घकालिन योजना बनाउन र कार्यान्वयन गर्ने क्षमता राख्नु पनि आवश्यक छ । बजेटका सही परिचालन, दीर्घकालिन विकासको लक्ष्य प्राप्त गर्ने उचित योजना र श्रोतको व्यवस्थापन जस्ता कुरा नेतृत्वमा नभई नहुने गुण हुन । यस्ता गुण र क्षमता भएका नेतृत्वलाई चुन्न पर्ने दायीत्व हामी सबै मतदाताको हो ।

    चुनाव यति लामो समय पछि हुन लाग्दा पनि हामी धेरैमा अहिले र पहिलेको निर्वाचनको अन्तर, अहिले र पहिलेका स्थानीय निकाहरुको बीचमा रहेको फरक पूर्ण रुपले जानकारी छैन । यो फरक र अधिकारहरुको विकेन्द्रीकरण भएको जानकारी सबैमा हुन जरुरी छ । साथै अहिले स्थानीय निकायहरु स्वायत्त मात्र छैनन उनीहरु पाँच वर्षका लागि कसैले छुन र हटाउन, निलम्वन गर्ने नसक्ने अधिकार सम्मन्न छन् । यस्ता जनप्रतिनिधि निरंकुश हुने, श्रोत साधनको दुरुपयोग गर्ने मानसिकता भएका र राजनीतिलाई नै व्यवसाय वनाउने मानसिकता भएका व्यक्तिको हातमा स्थानीयत तह पुगेको खण्डमा नारिकहरुले सेवा र उन्नती पाउने भन्दा नागरिका हितमा जाने श्रोत साधन प्रतिनिधिहरुले नै दुरुपयोग गर्ने धेरै सम्भावना नहरने हैन ।

    त्यसैले निर्वाचन अघिनै उम्मेदवाहरुको क्षमता, उनीहरुको नियत र उनीहरुले देखाएका व्यवहारहरुको रामो मूल्याङ्कन गरिनु जरुरी छ । वेइमानको हातमा डाडु पुन्यौ दिनु अघि उस्लाई कसी लगाएर असल हो होइन जाच्न र चिन्न जरुरी छ । यो काम मतदाताको मात्र हैन । टिकट दिने दलको पनि हो । दलहरुले यसबारेमा राम्रो विचार पुर्याउने र उचित इमान्दारलाई टिकट दिन्छन् भन्ने विश्वास गरिएको अवस्थामा दलहरु पनि जिम्मेवार हुन आवश्यक छ । जिम्मेवार दलहरुले मैदानमा जनचासोलाई समेटने र त्यागी र निष्ठावान मासिलाई अघि सार्ने छन भन्ने सबैमा आशा छ । यही आशा र विश्वासको कुठाराघात नहोस भन्ने सवैको सबै दल प्रति आग्रह पनि छ ।

    यसै परिवेशलाई मध्यनजर गरी दलहरुले मैदानमा उमेदवारको नाम दिदै गएको र दिइएका उम्मेदवारहरुलाई जाँच गर्न हामीलाई बढीमा पन्ध्र दिन भन्दा बढी समय छैन । त्यसैले मतदातहरुले मैदानमा आएका उमेदवारहरुलाई राम्ररी चिन्ने पर्खने र असललाई आफ्नो भाग्य र भरोसा सुम्पन पर्ने हुन्छ । अहिले सरकारसँग मागिदै आएका सबै काम र अधिकार स्थानीय तहलेनै गर्ने भएको हुँदा स्थानीय तहहरुसँग हामी सबै मतदाताको भाग्य र भरोसा गासिएको छ । यस्तो भाग्य र भरोसा गासिएका स्थानीय तहमा हामीले चुन्ने पार्टी र उमेदवार पनि हामीहरुको भाग्य र भरोसा माथी खेलवाड नगर्ने, धोका नदिने र हामीलाई हाम्रा भोट खेर गएको गलत ठाँउमा परेको कुनै दिन आभाषसम्म हुन नदिने त्यागी निष्ठावान र क्षमतावान मानिसहरु मैदानमा आउने आशा गरौं ।

    (लेखक वरिष्ठ अधिवक्ता हुन्)

    २०७४ कार्तिक २९ गते प्रकाशित

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस