२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

३१ केन्द्र संवेदनशील, गोलाप्रथाद्वारा मतदान अधिकृत खटाईने

Thumbnail
  • २०७४ कार्तिक २८, मंगलबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    २८ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चनका लागि सिन्धुपाल्चोकमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाद्वारा खटाइने भएको छ ।

    विगतका निर्वाचनमा नजिकका कर्मचारीलाई खटाइँदा विवाद भएकाले निष्पक्षता कायम गर्न गोलाप्रथाद्वारा छनोट गरिन लागिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । जिल्लाको १ सय ४४ मतदानस्थलमा दुई सय ८५ केन्द्र कायम गरिएको छ । त्यसमध्ये ३१ केन्द्र संवेदनशील मानिएको छ ।

    एक केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृतसहित ८ जना कर्मचारी खटाइने हुँदा कुल २ हजार २ सय ८० जना कर्मचारी खटिने उनले बताए । त्यसैगरी मतदान केन्द्रमा आवश्यकता अनुसारको म्यादी र नेपाल प्रहरी खटाइनेछ । प्रहरी निरीक्षकको कमान्डमा ३ वटा घुम्ती टोलीसमेत व्यवस्था गरिएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

    जिल्ला सुरक्षा समितिका अनुसार पहिलो घेरामा म्यादी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान केन्द्रका कर्मचारी रहनेछन् । त्यसैगरी दोस्रो र तेस्रो सरक्षा घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेना खटाइने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस