२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

तीन सिन्धु चेलीलाई भारत लैजादै गर्दा एक युवक पक्राउ

Thumbnail
  • २०७४ कार्तिक २४, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    २४ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    भारतको बाटो हुँदै कुबेत पठाइदिने प्रलोभन देखाएर एक युवाले चार युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका– ८ बस्ने २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । उनलाई विहीबार राती पक्राउ गरिएको हो ।

    पक्राउ परेका युवक कालिकोटेले सिन्धुपाल्चोक जिल्लाको हेलम्बूकी २० वर्षीया उषा तामाङ, महाकालकी २० वर्षीया कुलमाया तामाङ र बाँसखर्ककी २० वर्षीया रञ्जना तामाङ तामाङलाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनीहरुको उद्धार गरेको प्रहरी उपरीक्षक कडायतले बताए । तीन सिन्धुचेली सहित सिन्धुली जिल्लाको मरिणखोलाकी २२ वर्षीया कान्छीमाया तामाङलाई पनि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

    महोत्तरी जिल्लाको पश्चिममा पर्ने सम्सी सीमानाका हुँदै विहीबार राती १० बजे चार युवतीसहित भारत बिहारको सीतामढी जिल्लास्थित कन्हमा शहर प्रवेश गर्न लागेको अवस्थामा सम्सी गाउँपालिका– ६ स्थित बाटोमा सीमा गस्तीमा रहेका प्रहरीको टोलीले शंका लागि जाँच गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताए ।

    जिल्ला प्रहरी कार्यालयमा ल्यइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरुलाई भारत लैजाने युवक कालिकोटेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस