२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

क्रान्तिकारीले बुझायो ज्ञापन, निःशुल्क शिक्षा पाउने हक कार्यान्वयन गर्न माग

Thumbnail
  • २०७४ कार्तिक २४, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    २४ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक कार्यान्वयन गर्न माग गरेको छ ।

    अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन लामा नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्र बुझाएपछि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन लामा नेतृत्वको टोली ।

    ७ बुँदे ज्ञापनपत्रमा संविधानको ३१(५) नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायले कानून वमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ, भन्ने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, स्थानीय तह तथा प्रदेशका नागरिकलाई मातृभाषामा पठनपाठनको व्यवस्था गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

    त्यस्तै दस प्रतिशत छात्रवृत्तिको ग्यारेण्टी गरिनुपर्ने, सार्वजनिक शिक्षाको स्तरोन्नतिको लागि सार्वजनिक विद्यालयहरुमा प्रयाप्त बजेटको व्यवस्था गरी अनुगमन र नियमनको प्रक्रियालाई व्यवस्थित गरिनुपर्ने, शिक्षामा भईरहेको नीजिकरण र माफियाकरणलाई नियन्त्रण गर्न संस्थागत विद्यालय संचालन निर्देशिका कार्यान्वयन गर्नुका साथै अनुगमन र नियमनको प्रक्रियालाई व्यवस्थित गरिनुपर्ने, भूकम्पबाट क्षतिग्रस्त भएका शिक्षण संस्थाहरुको पुनर्निर्माण तत्काल गरिनुपर्ने लगाएतको माग ज्ञापनपत्रमा उल्लेख छ ।

    अखिल क्रान्तिकारीले आज देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाउँदै शिक्षा, स्वास्थ्य र रोजगारको हक कार्यान्वयन गर्न माग समेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस