२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कविता : नयॉ गोरेटोमा भेटौं

Thumbnail
  • २०७४ कार्तिक २४, शुक्रबार मा प्रकाशित ७ साल अघि
    •  सरल सहयात्री

    आधारातको अन्धकारमा तुफान चलेको होस
    तुफानको भुमरिभित्र ज्वालामुखि उठेको होस
    बनोस नयॉ नयॉ पहाडहरु
    ढलोस ठुला ठुला हिमालहरु
    महामानवका सन्तानहरु
    जन्मिउन र छिट्टो हुर्किउन
    वढुन् छलाङमय गतिमा
    किनकि
    जलजलाको ठुलेले खोजेको पनि यहि छ
    चिङकाङ साङको नानाले रोजेको पनि यहि
    र हाम्रो मनमा उर्लेको झन् यथार्थ यहि छ ।

    अब, वुढा रुखहरुको काम छैन जंगलमा
    न बारि न वगैंचाहरुमा ?
    वुढा रुख नढाल्ने हो भने अब
    न पलाउन सक्छन् पालुवा यौवनी वोटहरुमा ?
    न उम्रन सक्छन नयॉ नयॉ विरुवा धर्तीमा
    ठुलाठुला तप्क्यानमात्रै दिने
    मलजल एक्लै लिने
    यस्ता रुखहरु आफैं ढल्ने प्रतिक्षा वेकार छ
    ढाल्नुको विकल्प यथार्थ छ
    किनकि
    सैलुङको आलेले चाहेको पनि यहि छ
    सिलिङचोनकी आङीले शिक्षा पाएकोपनि यहि
    र अनुभवले सिकाएको झन् सत्य यहि छ ।

    छाडेर वुढा गोरुको पुच्छर
    आफ्ना खुट्टा वलियो वनाऔं
    विर्सेर विगतका आयातित रटना
    नयॉ मिसनमा एक हौं
    फुट्नेहरुको टाउको फुटाऔं
    फुटाउनेहरुको हात काटौं
    एकजुट हुनेहरुलाइ सलाम गर्दै
    आऊ हामी नयॉ गोरेटोमा भेटौं
    किनकि
    मर्दामर्दै बॉचेको कमरेड बारुदको चाहनापनि यहि छ
    ज्यु‘दै शहिद घोषणा भएको चट्टानको चाहनापनि यहि
    र क्रान्तिका सन्तानको झन आवश्यक वाटोनै यहि छ ।

    २०७४ कार्तिक २४ गते प्रकाशित

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस