२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कविता : इतिहास बाँच्छ

Thumbnail
  • २०७४ कार्तिक २४, शुक्रबार मा प्रकाशित ७ साल अघि
    • केशव नेपाल

    पल पल बाँच्छ इतिहास
    इतिहास बचाउनुनै ठूलो हो
    जहाँ बीरता उदाउँछ–
    त्यहाँ स्वीकार्छ मृत्यु लाई ।

    आफू आफ्नो परिवार भन्दा
    देश ठूलो ठान्छ
    र आँगनमा सजाउछ पीडाका पूmल
    अनि हृदयमा सजाउछ
    देशको मानचित्र
    दुःखका धमिला कोपिलाहरुसँग
    लुकामारी खेल्दै
    देशभक्तिको आरधना गर्दछ ।

    बीरताको आधी उठाउछ
    आन्दोलनको मसाल बाल्दछ
    र जीवनलाई निराश चौतारीमा होईन
    बलिदानिको उच्च मूल्यमा
    हाँसीहाँसी चढाउँछ ।

    पल पल बाँच्छ इतिहास
    इतिहास बचाउनुनै ठूलो हो
    जहाँ बीरता उदाउँछ–
    त्यहाँ स्वीकार्छ मृत्यु लाई ।
    त्यसैले पलपल बाँच्छ इतिहास
    शरीरमा अनगिन्ती घाउ बोकेर
    शत्रुहरुलाई पराजित गर्दै
    बिजय पथमा लम्कन्छ ।

    आशेहरुको मुहारमा
    एक पटक थुक्दै
    बीरतासाथ मृत्यु स्वीकार्छ
    पलपल बाँच्छ इतिहास
    विश्व मानचित्रमा देश खोज्छ
    मध्य रातमा बर्बराउँछ ।
    हाँस्दै देशको नक्सा
    कोर्नलाई जुर्मुराउछ
    र त, पल पल बाँच्छ इतिहास
    इतिहास बचाउनुनै ठूलो हो
    जहाँ बीरता उदाउँछ–
    त्यहाँ स्वीकार छ मृत्युलाई ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस