राणाकालदेखि आजको युग आउँदासम्म देशमा राजनीतिक स्थिरता र संमृद्धि आउन सकेन । देशमा च्याउ उम्रिएसरि दलहरु उम्रिए तर देशलाई स्थिरता दिई संमृद्ध बनाउने शक्तिको जन्म हुन सेकेन । देशमा वाम नामका दर्जनौ दलहरु खुले, प्रजातान्त्रिक मुखुण्डो भिरेका दर्जनौ दलहरु खुले तर तिनले देशलाई केही दिनुको सट्टा देश लुटमा नै रमाए ।
मुलधारका वाम दलमा एमाले र माओवादी देखिए तर उनीहरुको शक्तिले पनि देशमा स्थिरता दिन सकेन । नेपाली कांगे्रस जुन दल पुरानो थियो त्यस्ले त सबै सिद्धान्तहरु तिलान्जली दिएर सत्ता सुख भन्दा अन्य केही गर्न सकेन । कांग्रेसको समाजवाद विपिको चितासँगै जल्यो । उहाँरुको साम्यवाद वामहरुको फुट र झगडासँगै बिलायो । देशमा राजनीतिक स्थिरता र सुशासनको कमिले देशका संवैधानिकदेखि सबै निकायहरुमा राजनीतिले धुलमिल भए । आफ्नो ओहोदाको मर्यादामा कोही नबस्ने र बस्न सक्ने अवस्था नबन्ने अवस्थाको सिर्जना भयो ।
चुनाव हुने तर कसैको बहुमत नपुग्ने हुनाले सत्ता टिकाउन पटक–पटक सरकार बदल्ने, मन्त्री थप्ने सभासद् किनबेचकासम्म घटनाहरु हुँदै माओवादीको जनयुद्धले र दलहरुको शान्तिपूर्ण आन्दोलनले राजतन्त्र त फाल्यो तर अझै पनि देश भित्र रहेका कुतन्त्रहरु फाल्न सक्ने शक्ति दलहरुमा भएन । नेता भएर पनि राजनेताको भूमिकामा देखिन सक्ने शक्ति र सामथ्र्य कसैमा रहेन । यही कमिले देशमा नयाँ संविधान आउँदा, राजा फालिँदा र लोकतान्त्रिक गणतन्त्र र संघियताको घोषणा भई कार्यान्वयनको चरणमा पुग्दासम्म पनि जनताले परिवर्तनको महसुस गर्न सक्ने अवस्था बनेन ।
दलियकरणले राज्य खोक्रो भईरहँदा र दण्डहिनताले पराकष्ट लिदा समेत देशमा सरकार र शाषन रहेको आभाष दिन सक्ने अवस्था बनेन । सरकार टिकाउन गुण्डा, तस्कर, कालोबजारी, भष्ट्रचारीहरुसँग साँठगाँठ गर्नु पर्यो । विदेशीहरुको इसारामा सरकार बन्ने र भत्कने अवस्था आयो । विदेशीको इसारा नमान्दा उस्ले चाहे जस्तो नगर्दा नाकाबन्दीसम्मको कष्ट देशले सामना गर्नु पर्यो ।
यी तमाम घटनाबाट नेपाली जनता आजित भई सकेका थिए । नेपाली जनताले विस्तारै उचित विकल्प खोज्नु जरुरी भई सकेको थियो । संविधान घोषणाको दुइ वर्ष पछि यसै संविधानको अधिनमा रही संविधान र कानुन अनुसार निर्वाचनमा संयुक्त जाने, वामहरुको एकमात्र पार्टी बनाउन पार्टी एकिकरण गर्ने भन्ने नेकपा एमाले र माओवादी केन्द्र छ बुँदे सम्झौता गरी त्यस्को घोषणा भयो । यो घोषणा अप्रत्यासित थियो तर यस्ले देश विदेशलाई तरंङ्गीत बनाएर राखेको छ । अब सत्ता विना एकछिन बाँच्न नसक्ने, शक्ति र सुविधाको लागि राजनीति गर्ने, नेपाली जनतालाई गुंम्राहमा राखी निहित स्वार्थ पूरा गर्न पल्केका केही शक्ति र तत्वहरु एकाएक यो एकताबाट होस गुमेको अभिव्यक्ति दिन थाले ।
वाम एकता आज होइन वहुदलिय प्रजातन्त्र आउने वितिकै गरेर सबै वाम एकठाउँमा आई चुनाव लडेको भए त्यहीवेला वामहरुको एकमना सरकार बन्ने थियो । वामको एकमना सरकारले एमालेको ९ महिने अल्पमतको सरकारको बेलामा ल्याएका लोक कल्याणकारी कार्यक्रम लगातार विना रोकटोक पाँचवर्ष निरन्तर सञ्चालन गर्न पाएको यदी भए नत जनयुद्धको बाटो रोज्ने बाध्य हुने थियो नत आजको जस्तो विकृृति र विसंगतिले देशलाई खोक्रो बनेको हेर्नु पर्ने थियो । शान्तिपूर्ण तरिकाले वामहरुले देशलाई रुपान्तरण गरी अहिले विश्वको संमृद्ध देश बनाइसक्ने थिए । तर त्यो इतिहासको गम्भीर भुलले एमाले एक्लैले कहिलै वहुमत पुर्याउन सकेन, माओवादीले जनयुद्ध गरी राज्य कब्जा गर्न पनि सकेन । आखिर दुबै नेपाली कांग्रेसलाई सत्ताको चुलीमा लाने भर्याङ बन्नु भन्दा देशलाई केही दिन सकेनन । आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आफुसँग स्पष्ट वहुमत नहुदा वामले देशलाई दिनु पर्ने दिन नसके पनि राजतन्त्रको अत्य, गणतन्त्र संस्थागत, समाजवाद उन्मुख संविधान र संघियता देशलाई दिन सफल भए ।
यही ठाउँमा नेपाली कांगे्रसले पटक पटक वहुमत पायो । २०४८ सालमा वहुमतको सरकार गठन गर्यो तर आफ्नै कारणले सरकार ढल्यो । पुनः २०५६ मा निर्वाचनमा पुग्दा पुन ठूलो पार्टी त भयो वहुमत पनि पायो तर उस्कै आन्तरीक कारणले पटक पटक सरकार बदल्ने, पार्टी नै फुटाउने र सत्ता नै लगेर राजा ज्ञानेन्दलाई बुझाउने कार्य मात्र भएन नीजिकरणका नाममा देशका चलिरहेको कैयौं उद्योग र कलकारखाना बिक्री गरिएन मात्र देशको अर्थतन्त्र नै विचौलियाको फन्दामा पुर्याईयो ।
वाम र प्रजातान्त्रिक बीच देश बनाउने कुरामा, स्थिरता दिने, संवृद्ध देश बनाउने, देशमा रहेको विसंगति र विकृतिलाई अन्त गरी सुशासन दिने कुरामा कहिल्यै सम्झौता भएन । सत्ता बाँडफाँड र भागवण्डाको राजनीतिमा मात्र दुबै सिमत हुन पुगे । सत्ता नभई देश बनाउन नसकिने र देश बनाउन सत्तामा जाने भनिए पनि स्पष्ट वहुमतको अभावमा वामहरु सधै कांग्रेसको गोटी मात्र बने । यी र यस्ता परिस्थीतिले देशमा वाम र कांग्रेस प्रतिको नेपाली जनताको लगाब टुट्न नपाउँदै एमाले र माओवादी केन्द्र वाम एकता र पार्टी एकीकरणको जुन पहल कदमी लिए यो देश र जनताको हित र उन्नतीका खातिर छ भनेर मान्नु पर्ने हुन्छ । वाम एकताले देशमा राजनीतिक ध्रुविकरण भएको छ । च्याउ सरी जन्मेका पार्टी अब मूलधारका दलमा मिसिनुको विकल्प छैन । अब वामहरुले एकताको सन्देश र एकताको उद्देश्य राम्रोसँग नेपाली जनतालाई पस्कन र बुझाउन सके भने वामहरुले आगमी निर्वाचनमा स्पष्ट वहुमत प्राप्त गर्ने निस्चित छ ।
तर तमाम मानिसमा अहिले पनि आशंका छ । हिजो यी वामहरुले एकले अर्कालाई गरेको गाली गलोज, एकले अर्कालाई लगाउदै आएका आरोप पत्यारोपहरु सुनि–सुनि दिक्क भएका नेपालीहरुले यो एकता दिगो हुदैन कि भन्ने ठूलो आशंका लिएका छन् । सँगै वाम एकता भए पनि सत्तामा जान मात्र हो जनता र देशलाई केही हुने वाला छैन भन्ने आशंका झन प्रखर रुपमा आएको छ । अब वाम गठवन्दनका शिर्ष नेताले नेपाली जनतासामु वाम एकताको उद्देश्य कारण र भविश्यमा देश र जनताको निमित्त गरिने कार्यको बुझिने शब्दमा र पाँच वर्षभित्र कार्यान्वयन गर्न सक्नेसम्मका कार्यक्रम र नीति जनता सामु निर्वाचन अगावै सर्वत्र लानु र जनतालाई ढुक्क पार्नु जरुरी छ ।
वाम एकता मात्र सत्ताको लागि होइन देशलाई स्थिर सरकार दिएर देश संमृद्ध बनाउन हो भन्ने सन्देश दिन, हामी कसैको इसारमा चल्ने शक्ति होइन जनताको विश्वास लिई हामी हामै बल वुद्धिमा यो देश निर्माण गर्न समृद्ध बनाउन सक्षम छौ । हामी देशको स्वाधिनता, प्रजातन्त्र र विधिको शाषनको माध्यमबाट देशमा शुसाशन दिन सक्छौ भन्ने विश्वासको वातावरण निर्माण गरिनु पर्छ । देशमा रहेका तमाम भष्ट्रचार, गुण्डागर्दी, तस्करी, कालोवजारी, संवैधानिक निकायहरुमा रहेको वेथितिदेखि कर्मचारी तन्त्रमा रहेको कमजोरीलाई सच्याउदै साँच्चै यो देशलाई समुन्नत बनाउने उचित कार्यक्रम आउनु जरुरी छ । वेरोजगारी, परनिर्भरता, देशलाई आत्मनिर्भर बनाउने, औद्योगिकरण, विद्युतीकरण लगाएतका कामहरुको स्पष्ट योजना र कार्यक्रम ल्याई कार्यान्वयनमा गए अर्काै पाँच वर्षमा नेपाली जनताले दुइतिहाई दिन कर नै लाग्छ ।
नेपालमा वामहरु प्रति समर्थन जनाउने नेपाली जनताको ठूलो संख्या छ । वाम फुटको कारणले मात्र वहुमत प्राप्त गर्न नसकेको ध्रुर्वसत्य हो । यो वाम एकता इतिहासिक मोडमा भएको छ । यो एकताले नेपाली जनताका सबै अपेक्षाहरु सम्वोधन गर्ने शक्ति राख्दछ । यो इतिहासमा हुन नसकेको कुरा हुँदा नेपाली जनताले यसबाट भरपूर फाइदा लिन एकतालाई आफ्नो मतले झन दरिलो र भरपर्दाे बनाउन जरुरी छ । यसपटक पनि वामहरुलाई मत दिई वहुमत दिलाउन सकिएन भने इतिहासमा कहिलै वामहरुले बहुमत ल्याउन सक्ने यस्तो सहज परिस्थीति बन्दैन । सबै मतदाताहरुमा चेतना होस हिजोको तितो वा रिस रागले अहिले वाम एकताको भावना र मर्म विपरित निहित स्वार्थको पछि लागि मत यता उता गरे तपाई र तपाईको सिङ्गो परिवारको भविश्यमा आघात पुग्ने छ । देशलाई फेरि पनि अस्थिर बनाउने र लुट तन्त्र मच्चाउनेहरुलाई जिताएको पाप हामीलाई लाग्ने छ ।
(लेखक वरिष्ठ अधिवक्ता हुन्)
प्रतिक्रिया दिनुहोस