२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

तोकियो चौतारा–बन्देउ सडकको अधिकार क्षेत्र

Thumbnail
  • २०७४ कार्तिक १७, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • नगरपालिकालाई सफा, सुन्दर, समृद्ध र सुरक्षित बनाउने अभियान सुरु भएको उद्घोष

    खबरज्योति
    १७ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    चौतारा साँगाचोकगढी नगरपालिका भित्र पर्ने चौतारा–बन्देउ सडक २० मिटर कायम गर्ने निर्णय गरिएको छ ।

    नगरपालिकाको सोमबार बसेको विशेष नगर सभाले चौतारा–बन्देउ सडक मापदण्ड सडक बीचबाट दाँया बाँया १०–१० गरी सडक क्षेत्र अधिकार २० मिटर कायम गर्ने निर्णय गरिएको नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले जानकारी दिईन् ।

    सभाले नगरपालिका अन्र्तगत रहेको साखा सडकहरुको पनि अधिकार क्षेत्र तोकेको छ । जस अनुसार ‘बी ग्रेड’ सडकका लागि १० मिटर र १.५–१.५ मिटर सेटव्याक गरी १३ मिटर, अनुसार ‘सी ग्रेड’ सडकका लागि ७ मिटर र १.५–१.५ मिटर सेटव्याक गरी १० मिटर, अनुसार ‘डी ग्रेड’ सडकका लागि ४ मिटर र १.५–१.५ मिटर सेटव्याक गरी ७ मिटर रहने निर्णय गरेको छ ।

    त्यस्तै गोरेटो बाटोको लागि भने सडकको हकमा नरहनेगरी जम्मा ३ मिटर कायम राख्ने निर्णय समेत विशेष सभाले गरेको छ ।

    चौतारा नगरपालिकालाई सफा, सुन्दर, समृद्ध र सुरक्षित बनाउने अभियान अन्र्तगत सडक सीमा कायम गरिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी गराईन् । ‘नगरलाई व्यववस्थित बनाउने चरण अन्र्तगत हामीले सडक सीमाबाट कार्यको थालनी गरेका छौं’, उनले भनिन्– ‘हाम्रो कार्यकालभित्र संमृद्ध र व्यवस्थित नगरपालिका बनाउने छौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस