खबरज्योति
१६ कार्तिक २०७४, काठमाण्डौ ।
आगामी माघ ११ देखि २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८’ सञ्चालन हुने भएको छ । क्यान महासंघको आयोजनामा हुने इन्फोटेक सूचना तथा सञ्चार प्रविधिको वृहत् प्रदर्शनीको रुपमा वर्षेनी हुँदै आएको छ ।
यसैबीच क्यान महासंघले बिहिबारदेखि इन्फोटेकको प्रायोजक र स्टलहरुको बु्किङ खुला गर्ने भएको छ । इच्छुक कम्पनीले अनलाइनबाटै स्टल बुक गर्न सक्दछन् ।
यस वर्षको मेलामा क्यान महासंघका सदस्य संस्थाहरुलगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्याउने अपेक्षा रहेको क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले बताए । साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउन र अवलोकनकर्ताहरुले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिदसमेत गर्न पाउने उनले जनाए ।
प्रतिक्रिया दिनुहोस