चित्रकुमार मिजार
१४ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार र निर्वाचन परिचालन समिति गटन गरेको छ ।
बाह्रविसेमा सम्पन्न कांग्रेस क्षेत्रीय समितिको बैठकले नेपाली कांग्रेसका युवा तथा महाधिवेशन प्रतिनिधि बलदेव तिमल्सिनाको संयजकत्वमा १ सय २१ सदसिय प्रचार समिति गठन गरिएको प्रतिनिधि सभा १ का कांग्रेसका उम्मेदवार समेत रहेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बैठकले क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको संयजकत्वमा १ सय १ जनाको निर्वाचन परिचालन समिति र कांग्रेस यवा नेता युधिर पौडेलको संयजकत्वमा प्रतिनिधि सभा १ को प्रदेश क स्तरीय निर्वाचन परिचालन समिति गठन गर्दै शिमाल श्रेष्ठको संयजकत्वमा प्रतिनिधि सभा १ को प्रदेश सभा ख स्तरीय परिचालन समिति निर्माण गरिएको केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेतले जानकारी दिए ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन १ का लागि तरुणदलका बरिष्ठ उपाध्यक्ष सगुन श्रेष्ठको नेतृत्वमा सयौं सदस्य रहेको तरुया युवा परिचालन समिति समेत गठन भएको छ ।
गठन गरिएको समितिहरुले आ–आफ्नो जिम्मेवारीलाई तिब्रताको साथ अगाडि बढाईरहेको छ । प्रचार प्रसार समितिको संयोजकमा भीमप्रसाद पौडेल, सचिवमा देवेन्द्र पौडेल र सदस्यहरुमा चित्र मिजार, विदुर पराजुली, हेमन्त श्रेष्ठ, सुमन खत्री, लक्ष्मी श्रेष्ठ, देवराज श्रेष्ठ, माधव भण्डारी, रामसुन्दर थामी लगाएतका छन् । प्रतिनिधिसभा निर्वाचन परिचालन समितिको संयजकत्वमा भक्तध्वज बोहोरा, सचिव लक्ष्मी पौडेल, सदस्यमा कामी शेर्पा, कैलाश पौडेल, साङदोर्जे शेर्पा, गेल्मु बुढाथोकी, नेत्रबहादुर थापा, शम्भुबहादुर तिमल्सिना, सानु लामा, सुजन पौडेल लगाएतका छन् ।
प्रदेशसभा १ का लागि संयोजक युधिर पौडेल, सहसंयोजक जाङ्बु शेर्पा, सचिव हेमन्त श्रेष्ठ, सहसचिव देवदोर्जे लामा, सबै वडाका इकाई समितिहरु, स्तानीय तहमा उम्मेदवार भई निर्वाचित, पराजीत सबै वडाका इकाई सभापतिहरु, भातृ संस्थाका प्रमुख र पदाधिकारीहरु लगाएत सदस्य रहेका छन् ।
प्रदेश सभा २ मा सहसंयोजकमा झनकप्रसाद तिमल्सिना, सचिवमा प्रमोद तामाङ, बबिन बुढाथोकी, रविन विक र सदस्यहरुमा सबै वडाका इकाई सभापतिहरु, स्थानीय तहमा विजयी, पराजीत उम्मेदवारहरु, भार्त संगठनका सभापति, पदाधिकारीहरु लगाएत छनौट भएका छन् ।
प्रतिक्रिया दिनुहोस