२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

उत्तराखण्डबाट ६ सिन्धु चेलीको उद्दार

Thumbnail
  • २०७४ कार्तिक ८, बुधबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    ८ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    भारतको उत्तराखण्डको रुद्रपुरबाट छ सिन्धु चेलीको उद्दार गरिएको छ ।

    पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपालाचोकका ६ युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्दार गरेको हो । उनीहरुको ठेगाना भने खुलाईएको छैन ।

    रुद्रपुर प्रहरीले शंका लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए । युवतीका साथबाट भारतीय प्रहरीले राहदानी र अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला पारेको छ ।

    उद्दार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । उद्धार गरिएका युवतीहरुलाई रुद्रपुरमै राखिएको छ ।

    यसैबीच, मानव तस्करीमा संलग्न सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमा मुद्दा दर्ता गरिएको छ । उनीसँगै अन्य दुईलाई पनि भारतको रुद्रपुरस्थित अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस