खबरज्योति
४ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि सिन्धुपाल्चोकका मूख्य राजनीति दलका तर्फबाट उम्मेद्वारको टुंगो लागेको छ ।
प्रतिनिधि सभाका लागि बाम गठबन्धन अन्र्तगत एमाले र माओवादी केन्द्रको तर्फबाट एक एक जना तथा प्रदेश सभाको लागि दुई दुई जना उम्मेद्वार छनौट गरिएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. १ का लागि माओवादी केन्द्रको तर्फबाट अग्नीप्रसाद सापकोटा र क्षेत्र नं. २ का लागि एमालेको तर्फबाट शेरबहादुर तामाङलाई छनौट गरिएको छ । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ अन्र्तगत प्रदेश नं. १ मा एमालेबाट अरुण नेपाल र प्रदेश नं. २ मा एमालेकै तर्फबाट शरेश नेपाललाई उम्मेद्वार बनाईएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ अन्र्तगत प्रदेश नं. १ मा माओवादी केन्द्रबाट युवराज दुलाल र प्रदेश नं. २ मा माओवादी केन्द्रकै तर्फबाट दावा तामाङलाई उम्मेद्वार छनोट गरिएको छ ।
यसैगरी, नेपाली काँग्रेसले राप्रपा (प्रजातान्त्रिक)सँग गठबन्धन गरेर उम्मेद्वारको टुंगो लगाएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ का लागि नेपाली कांग्रेसको तर्फबाट मोहनबहादुर बस्नेत र क्षेत्र नं. २ का लागि राप्रपा (प्रजातान्त्रिक) को तर्फबाट पशुपति सम्शेर राणालाई उम्मेद्वार बनाईएको छ । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ अन्र्तगत प्रदेश नं. १ मा नेपाली काँग्रेसबाट विष्णु खत्री र प्रदेश नं. २ मा काँग्रेसकै राजेन्द्रकुमार श्रेष्ठलाई उम्मेद्वार बनाईएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ का दुबै प्रदेशको भने शनिबार साँझसम्म उम्मेद्वारको टुङ्गो लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस