२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कवि हेमनको कविताः नदी क्रान्तिकारी हुन्छ

Thumbnail
  • २०७४ आश्विन २८, शनिबार मा प्रकाशित ७ साल अघि
    • हेमन प्रधान

    नदी क्रान्तिकारी हुन्छ,
    नदी बिद्रोहि हुन्छ ।

    निरन्तर बग्नु नदीको धर्म हो
    बग्दै सागर भेट्नु नदीको कर्म हो
    जब बग्न पाउदैन नदीले

    सुरु हुन्छ बिद्रोहको शृङ्खला
    अनि,
    भत्काइ दिन्छ अग्ला बाँधहरु
    मेटाइदिन्छ सीमाना र साँधहरु
    जस्तो कि,
    ठूलो क्रान्ति पछि ढल्दछ तानाशाहहरु
    हो,
    नदी क्रान्तिकारी हुन्छ
    नदी बिद्रोहि हुन्छ
    जब खोसिन्छ उसको अधिकार
    जब अंकुसी लाउन खोज्छ
    उसको स्वतन्त्रता माथी
    अनि सुरु हुन्छ बिद्रोह
    आफ्नो मार्गमा आउने
    अवरोध विरुद्ध
    जस्तो कि,
    खोसिएको अधिकार पाउन
    मानव सागर ओर्लन्छ सडकमा ।

    नदीको आफ्नो गन्तब्य छ,
    नदीको आफ्नै उदेश्य छ
    त्यसैले त,
    महासागर भेट्न
    अवरोधहरु पन्छाउदै
    उचाइबाट झरेर
    चट्टानमा ठोक्किइ
    रक्ताम्य भएर बग्दछ नदीहरु ।

    000

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस