खबरज्योति
२७ असोज २०७४, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही नयाँ र केही पुरानै अनुहार चुनावी दौडमा देखिएको छ ।
उम्मेदवार बन्न चाहनेको भीड लागेका कारण पुराना भन्दा नयाँ अनुहारहरु सिफारिस बढी गरिएको राजनीतिक दलहरुले बताएका छन् । तर पुरानाहरुलाई कार्यकर्ताले बढी रुचाउने र विश्वास बढी गर्ने भएका कारणको पार्टीले छनौट गरिदा पुराना बढी हुने विश्लेषकहरु बताउँछन् ।
उम्मेदवार बन्न सिन्धुपाल्चोकका मूख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)मा आकांक्षीको लर्को लागेको पार्टीले गरेको सिफरिस अनुसार देख्न सकिन्छ । अन्य दलको तुलनामा एमालेमा अत्यधिक आकांक्षी देखिएका छन् ।
एमालेले जम्बो सूचीसहित आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले ६६ जना आकांक्षिको सूची पठाएको जनाएको छ
६६ जना मध्ये प्रत्यक्ष र समानुपातिकमा पुराना अनुहार सरेश नेपाल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, कृष्णराज श्रेष्ठ, अरुण नेपाल, सुवास कर्माचार्य, शेरबहादुर तामाङलगाएत छन् । त्यस्तै एमालेले भर्खरै पाटी प्रवेश गरेका अमृत खड्का, दोर्जे लामा हाउडेको नाम पनि सिफारिस गरेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि नयाँ र पुराना अनुहारलाई मिश्रित रुपमा सिफारिस गरेको छ । अग्नीप्रसाद सापकोटा, जयराम पराजुली, कृष्णप्रसाद सापकोटा, केशब नेपाल, राजकुमार श्रेष्ठ, दावा तामाङलगाएतको पुराना अनुहारलाई सिफारिस गरेको छ । त्यस्तै नयाँ अनुहार देबीबहादुर पराजुली, लमजङ्ग शेर्पाको नाम पनि सिफारिस गरेको छ ।
नेपाली कांग्रेसले पुरानो अनुहारमा मोहनबहादुर बस्नेत, भूपेन्द्रबहादुर थापा, विकास लामा, तारानाथ दाहाल, यज्ञप्रसाद दंगाललगाएतलाई सिफारिस गरेको छ । नयाँ अनुहारमा भने सर्मिला खड्का, सागरकुमार श्रेष्ठ, गंगाकुमारी चापागाईलगाएतका छन् ।
प्रतिक्रिया दिनुहोस