२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

सिन्धु विकासको हकप्रद शेयरको विक्री खुला अवधि थप

  • २०७४ आश्विन २७, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    २७ असोज २०७४, सिन्धुपाल्चोक ।

    सिन्धु विकास बैंक लिमिटेडले १० बराबर ८ (१०ः८) को अनुपातमा भदौ १९ गतेदेखि असोज २२ गतेसम्म निष्कासन खुला गर्न लागेको हकप्रद शेयरको अवधि थप गरेको छ ।

    बैंकले दशैँ विदा पर्न गएकाले कात्तिक ५ गतेसम्मको लागि विक्री खुला अवधि थप गरेको जनाएको छ । बैंकले शेयरधनीका लागि प्रति शेयर १ सय अंकित दरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद शेयर निष्कासन खुला गरेको हो  ।

    बैंकको आगामी भदौ ८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व रहने शेयरधनी हुनेले आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स  लिमिटेड रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस