जिल्लाकै सबैभन्दा दुर्गम गाउँ हेलम्बु– १ मा ४५ वर्ष अघि जन्मिएका एक जुझारु व्यक्तित्व हुन निमाग्याल्जेन शेर्पा । उनले आफ्नो जीवनकालमा जति संघर्ष गरे त्यो सबै संघर्ष उनको मुहारमा हरदम देखिने मुस्कानले लुकाईदिन्छ । यिनै संघर्षशील, कर्मठ युवा अहिले हेलम्बु गाउँपालिकाको अध्यक्ष छन् । २०४५ सालबाट राजनीतिमा प्रवेश गरेका शेर्पा ग्याल्थुममा अध्ययनरत रहँदा नेविसंघमा आबद्ध भए । त्यस्तै २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई सक्रिय राजनीतिमा होमिए । १९ वर्षको उमेरमा । राजनीतिमा क्रियाशिल रहँदा रहँदै हेलम्बु– १ बाट चुनावमा विजयी भई वडा सदस्य समेत भए । २०५४ सालमा । उनको छलाङ यतिमा मात्रै सिमित भएन । लगत्तै जिल्ला विकास समितिको सदस्य समेत बने । त्यस्तै २०६४ मा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. ३ नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षमा सभाषद्को उम्मेदवार समेत बनेका थिए । २ पटक नेपाली कांग्रेसको महासमिति सदस्य भईसकेका उनी अहिले समृद्ध र नमुना गाउँपालिका बनाउने अभियानमा छन् । यसै सन्दर्भमा जुझारु, कर्मठ व्यक्तित्व निमा ग्याल्जेन शेर्पासँग खबरज्योतिले गरेको कुराकानी :
मैले अरु साथीहरुले जस्तो एक सय दिनमानै यत्ति काम सिध्याउछु भनेको थिईन । किनभने काम भनेको एक सय वा दुई सय दिनमा सकिने कुरा होईन । यो अवधिमा राम्रा कामको सुरुवात मात्र गर्न सकिन्छ । मैले विभिन्न सुधारका कार्यहरुको सुरुवात गरेको छु । स्थानीय निकाय नभएर अस्तव्यस्त भएको जुन अवस्था थियो त्यसलाई ‘ट्रयाक’मा ल्याउने काम गरिरहेको छु । बजेट विनियोजन, सरकारी कार्यालयलाई चुस्त दुरुस्त बनाउन विद्युतिय हाजिरी प्रणालीको सुरुवात गरिसकेको छु । गाउँपालिकालाई समृद्ध बनाउने रणनीति अनुरुप दु्रत गतिमा काम भईरहेको छ ।
मलाई नारा अनुसारनै काम भई रहेको छ भन्ने लाग्छ । यसमा तपाईहरुजस्ता सञ्चार क्षेत्रका साथीहरुको खबरदारी पनि जरुरी छ । नारा, योजना अनुरुप काम भईरहेको छ कि छैन भन्ने कुरा औंल्याउने काम तपाईहरु पनि हो । मूख्य त नमुना काम भनेको भनेको ‘सिष्टम’मा सुधार ल्याउने हो । त्यसको लागि भ्रष्टाचार शून्य गाउँपालिका बनाउन जरुरी छ । शिक्षा, सडकको क्षेत्रमा परिवर्तन ल्याउन जरुरी छ । यो कुरामा म हरतरहले लागिरहेको छु । यसको उपलब्धी एक वर्षभित्रमा देख्न पाउने अपेक्षा गरेको छु । नेपालमा बजेटको २० प्रतिशत पनि विकास बजेट खर्च भएन भनेर राज्यकै चिन्ताको विषय छ । जबसम्म विकासको बजेट खर्च हुन सक्दैन तब संरचनाहरु बन्न सक्दैन, विकास हुन सक्दैन । त्यसैले हेलम्बु गाउँपालिकामा काम भएन भनेर फर्किएर जाने वातावरण नबनोस् भनेर प्रत्येक वडामा उपभोक्ता समितिहरुको निर्माण गरिसकेको छौं । कतिपय योजनाहरु सम्झौता भएर काम पनि सुरु भईसकेको छ । चैत्र मसान्तभित्र सम्झौता भएर काम सुरु भएन भने त्यसलाई खारेज गरेर अर्को योजनामा हाल्ने भनेर गाउँपालिकाले नीतिनै निर्माण गरेको छ । त्यसैले नमुना बनाउने भन्दैमा संरचनाको कुराहरुमात्रै बनाएर हुँदैन । गाउँपालिका भित्रका नागरिकको आर्थिक स्तर उठाउने काम गरिएन र संरचनामात्रै बनाईयो भने हामीले सोचेजस्तो नमुना गाउँपालिका बनाउन सकिदैन । त्यसैले यो कुरालाई ख्याल गर्दै अगाडि बढिरहेको छौं ।
बुँदागत रुपमा भन्नु पर्दा प्रत्येक वडामा एउटा खेल मैदान, एउटा टोलमा एउटा बगैंचा, वर्षमा एक इन्जिनियर उत्पादन गर्ने, प्राविधिक शिक्षालयको स्थापना, राष्ट्रिय अन्र्तराष्ट्रिय नाका जोड्ने, पर्यटकीय स्थल बनाउन पहल गर्ने योजना छ । नमुना गाउँपालिका के–के गर्ने भनेर गुरु योजना निर्माणको तयारीमा हामी जुटेका छौं । त्यो ६ महिना भित्रमा आईसक्ने छ । त्यस्तै शिक्षामा सुधार नगरी विकास सम्भव छैन । अहिले शिक्षकहरुलाई नियमित बनाउन गाउँपालिकाका प्रत्येक विद्यालयमा इलोक्ट्रोनिक हाजिरीको व्यवस्था गरेका छौं । त्यसको अलवा सबै सरकारी कार्यालयमा इलोक्ट्रोनिक हाजिरीको व्यवस्था गरेका छौं । जनताको कामलाई चुस्त र समयमानै सम्पन्न गर्न यसले टेवा पु¥याउँछ भन्ने आशा गरेका छौं । कर्मचारी साथीहरु जतिदिन हाजिर हुनुहुन्छ त्यसको मात्रै तलब दिने घोषणा गरेका कारण पनि जनताको काम सहज रुपमा सम्पन्न हुनेमा हामी ढुक्क छौं । जनताको काम समयमानै सम्पन्न गर्नु हाम्रो दायित्व हो । तबमात्र नमुना गाउँपालिकाको निर्माणको सुरुवात हुने हामीले ठानेका छौं ।
गाउँ सभामा यसबारे कार्यक्रमनै प्रस्तुत गरेको थिएँ । प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको यो स्थानलाई विकास गर्ने तथा यहाँका भाषा, संस्कृति, पहिचान एवम् विविधतालाई लोप हुन नदिन हामी प्रयत्नशिल छौं । हाम्रा पुराना संस्कृतिलाई संरक्षण गर्दै अब निर्माण हुने संरचनाहरु सांस्कृतिक र पर्यटकीय हिसाबले बनाउनु पर्छ भनेर योजनाका खाका ल्याएका छौं । जसले गर्दा यो क्षेत्र प्राकृतिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् अनुसन्धान गर्न चाहानेका लागि पनि योग्य क्षेत्र होस् भन्ने सोचमा छौं । त्यसबारे विभिन्न निकायमा कुराकानी पनि भईरहेको छ । हामीले एउटा समुदायको मात्रै संस्कृति बचाएर हुँदैन, तामाङ, ह्योल्मो, शेर्पा, ब्राम्हण सबैको संस्कृति जर्गेर्नाको लागि पहल गरिरहेका छौं । त्यसका लागि ह्योल्मो हेरिटेज होमस्टे, तामाङ होमस्टे, आर्यन होमस्टे लगाएतको संस्कृति बचाउनले खालको कार्यक्रम अघि सारेका छौं । हाम्रो गाउँपालिका भित्र मठमन्दिर र थुप्रै गुम्वाहरु छन् । पाल्चोकी माई, आमा याङ्ग्री, गुरु रिम्पोचेको स्थल लगाएत पुरातात्वीक महत्वका स्थलहरु पनि छन् । सबै किसिमका संस्कृतिहरुको जगेर्ना गर्न हामी लागिरहेका छौं । त्यस्तै पर्यटकीय गन्तव्यको रुपमा यो क्षेत्रलाई विकास गर्न ‘हेलम्बु हेरिटेज टेल’ भनेर मिनी ग्रेटवालको विकास गर्ने कार्य पनि सुरु गरिएको छ । यो वर्ष त्यसको नक्साङ्कन गरेर अर्को वर्ष देखि काम सुरु गर्ने योजना छ । देशको तेस्रो पर्यटकीय गन्तब्य लाङटाङ हो । तसर्थ त्यहाँ आउँने पर्यटकलाई हेलम्बु ल्याउने, गञ्जलापास हुँदै हेलम्बु आउनको लागि पदमार्ग निर्माण गर्ने, हेलम्बुमा पर्ने २ वटा पिकलाई खुला गरेर वेशक्याम्प निर्माण गर्ने, हेलम्बु–गोसाईकुण्ड केबलकार सञ्चालन गर्ने योजनामा छौं ।
हामीले यो वर्ष यो योजनाको लागि ४० लाख रुपैंया बजेट विनियोजन गरेका छौं । यो योजनालाई मूर्त रुप दिन हामीले कन्सल्टेन्सीहरुसँग छलफल गरिरहेका छौं । हिँउद नलागेसम्म योजना सुरु हुने ठाउँमा पुग्ननै मुस्किल छ । त्यसैले मंसिर सुरु भएलगत्तै त्यो काम सुरु गर्नेछौं । तातोपानी नाका बन्द भईरहेको अवस्थामा यो योजनाले सिंगो जिल्लाको अर्थतन्त्र र राष्ट्रलाईनै फाईदा पुग्ने छ ।
सही प्रश्न उठाउनु भयो । मलाई पनि के लागेको छ भने हेलम्बु गाउँपालिकाका नागरिकहरुले किन ‘बुद्धिष्ट सर्किट’ को मात्र कुरा गरेको भनेर प्रश्न गर्ने ठाउँ छ । म के भन्न चाहान्छु भने जुन ठाउँमा जे सम्भावना छ त्यो गर्ने हो । सबैलाई थाहा छ हेलम्बुको इतिहास हेर्ने हो भने यहाँ गुरु रिम्पोचे आएर तपस्या गरेको उललेख छ । अर्को कुरा हेलम्बु बुद्धिष्टहरुको पवित्र स्थलको रुपमा पनि चिनिन्छ । विश्वका थुप्रै मुलुकबाट तपस्याका लागि बुद्धिष्टहरु यो क्षेत्रमा आईरहेका छन् । त्यस्तै हेलम्बु क्षेत्रमा जन्मिएका सबै नागरिकहरु टुल्कु र खाण्डो (भगवानको रुप) भएर जन्मन्छन् भन्ने मान्यता पनि छ । त्यो भएका कारण हेलम्बुलाई ‘बुद्धिष्ट सर्किट’ बनाउन पर्छ भनेर हामी लागेका छौं । यसो गर्दा यो क्षेत्र धार्मिक, पर्यटकीय र अनुसन्धान क्षेत्र बन्न सक्छ । बौद्ध धर्म मान्ने व्यक्तिहरुलाई थाहा छ कि यो क्षेत्र कति महत्वपूर्ण छ भनेर । यो क्षेत्रमा देश विदेशबाट बुद्धिष्टहरु आईरहने हुनाले त्यसलाई व्यवस्थित गर्न सक्यो भने यहाँको विकास पनि हुने र यहाँका नागरिकको आम्दानी पनि बढ्ने त्यस्तै राज्यलाई पनि फाईदा हुने भएर यो योजनालाई हामीले महत्व दिएका हौं । यसमा सम्पूर्ण हेलम्बुबासीले साथ दिनुहुन्छ भन्ने अपेक्षा पनि छ ।
यो गाउँपालिका आर्थिक रुपमा पछाडि पर्नुको मूख्य कारण यहाँको स्रोत साधन मात्रै परम्परागत कृषिमा सिमित छ । हाम्रो यो गाउँपालिकाको माथील्लो क्षेत्रमा मकै, कोदो, आलु र तल्लो क्षेत्रमा धान मात्रै मूख्य खेतीको रुपमा लिने गरिएको छ । परम्परापगत खेती गर्दा दुःख बढी हुने र आम्दानी कम हुने प्रष्ट छ । परम्परागत खेती गर्दा एउटा परिवारले वर्षमा २ सय भन्दा बढी दिन श्रम गर्नुपर्ने देखिन्छ । त्यो अनुरुप श्रमको मूल्य पाईएको देखिँदैन । यहि कारणले गर्दा यो क्षेत्र आर्थिक रुपमा समृद्ध हुन नसकेको हो । त्यसकारण कृषिलाई आधुनिकिकरण गर्न जरुरी छ । त्यसका लागि हामीले आधुनिक खेतिसँगसँगै नगदे बाली उत्पादनमा जोड दिएका छौं । कफी, अलैंची, अदुवा, चिया खेती, लोकल कुखुरा फर्म, बाख्रा फर्ममा लगानी गर्न जोड गरिरहेका छौं । पर्यटन क्षेत्रलाई समृद्ध बनाउन होमस्टे सञ्चालनमा पनि विशेष जोड दिएका छौं । आशा छ मेरो कार्यकालभित्र हेलम्बु आर्थिक रुपमा पनि समृद्ध हुनेछ ।
किन नसक्नु, सक्छु । हामीले हेलम्बु गाउँपालिकामा खाद्यान्न, तरकारी, मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन विशेष पहल गरिरहेका छौं । उत्पादन गरेर आपूmमात्र आत्मनिर्भर होईन् त्यसलाई सहज रुपमा विक्रिवितरण गरी आर्थिक उपार्जन गर्न पनि हामीले पहल गरिरहेका छौं । त्यसको सुरुवात गरिसकेको छौं । व्यवसायिक रुपमा समूह बनाई आर्थिक उपार्जनमा लाग्नेहरुलाई हामीले सहयोग पनि गर्छाैं । यसर्थ ५ वर्ष भित्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने दृढ संकल्पमा हामी लागेका छौं र त्यसलाई सम्भव तुल्याउने छौं ।
यही विषयमा अहिले मेलम्ची खानेपानीसँग कुरा भईरहेको छ । यो भेगको पानी काठमाण्डौ लाने हो भने यहाँको व्यवसायलाई पुग्ने पानी छोड्न आग्रह गरेका छौं । पानी कति लाने र कति छोड्ने भन्ने विषयमा छलफल भईरहेको छ । उहाँहरुले भने अनुसारको पानी लग्दा पनि हाम्रो कम्तिमा १५ सयदेखि २ हजार लिटर पानी खोलामा रहन्छ । त्यो पानी यहाँको व्यवसायलाई पर्याप्त हुन्छ । यहाँको व्यवसायलाई निमट्यान्न बनाएर पानी लग्ने कुरा त बैज्ञानिक हुँदैन । तसर्थ पानी लगेवापत यहाँका स्थानीयलाई शेयर दिनुपर्छ भन्ने हामीले माग गरेका छौं । साथै विकास निर्माणमा खानेपानीले कति सहयोग गर्ने भन्ने बारेमा हामीले छलफल गरिरहेका छौं ।
लेवी त हाम्रो प्राकृतिक स्रोत लगेपछि नलिने भन्ने कुरा नै हुँदैन । प्राकृतिक स्रोत लगेपछि त्यस वापतको कति प्रतिशत लेवी जनताले पाउने भनेर त राज्यले नै तोकिदिएको छ । उहाँहरुले दिन्न भन्नै पाउनुहुन्न । प्राकृतिक स्रोतको २५ प्रतिशत दिनुपर्छ भनेर त ऐनलेनै तोकिदिएको छ । त्यसैले लेवीसँगै शेयर पनि पाउनु पर्छ भन्ने हाम्रो माग हो । ऐनलाई खानेपानीले नमानेर जानसक्ने अवस्थानै छैन ।
पक्कै पनि याद् छ । निर्माण भएका सडकहरु ५ वर्षमा १२ महिनामा यातायात सञ्चालन गराउने काम सुरु नै भईसकेको छ । त्यस्तै प्रत्येक वडामा सडक सञ्जाल जोड्ने भन्ने योजना पनि सुरु भईसकेको छ ।
000
२०७४ असोज २७ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस