खबरज्योति
२६ असोज २०७४, सिन्धुपाल्चोक ।
’राजनीतिमा जे कुरा पनि जायज हुन्छ‘ भन्ने गलत मान्यतालाई सिन्धुपाल्चोक माओवादीका जिल्ला स्तरका एक युवा नेताले पुष्टि गरी दिएका छन् । उनी हुन् बाह्रबिसे नगरपालिका मानेश्वाँराका माओवादी केन्द्रका जिल्ला नेता सरल सहयात्री पौडेल । माओवादीको पूर्व लडाकु दस्ता जनमुक्ति सेनाबाट राजनीतिमा आएका पौडेल २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा १ नम्बर क्षेत्रबाट उम्मेदवार उठेर पराजित भएका थिए ।
राजनीतिमा हट्टाकट्टा, खाईलाग्दो र भरलाग्दो देखिने पौडेल पार्टीभित्रै द्वन्द्व चर्काउनमा माहिर खेलाडीको रुपमा चिनिन्छन् । संघ र प्रदेशको निर्वाचन नजिकिदै जाँदा उनले सिन्धुपाल्चोक माओवादी केन्द्रभित्र त्यस्तै खेल खेलेको खबर ज्याेतिलाई प्राप्त भएको छ । प्राप्त खवर अनुसार उनले माओवादी केन्द्रका ईमान्दार जनजाती नेता लालकान्छा तामाङलाई उम्मेदवार हुनबाट रोकेर पँहुचको आधारले केन्द्रबाट टिकट ल्याउने तरखरमा लागेका छन् । लालकान्छा तामाङ सिन्धुपाल्चोक प्रतिनिसधसभा १ अन्र्तगत प्रदेशसभा १ को लागी माओवादी केन्द्रबाट सिफारिस भएका नेता हुन् । गत स्थानीय चुनावमा समेत उनले बाह्रबिसे नगरपालिकाको मेयर पदको लागी पाईसकेको टिकट उनै पौडेलको दवावका कारण एकदिन अगाडी कांग्रेसबाट पार्टीभित्राएका बुद्वराज बस्नेतलाई छोड्न बाध्य भएका थिए ।
मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा भने तामाङको उम्मेदवार बन्ने पक्कापक्की जस्तै थियो । तर वाम एकता भएसंगै दुईपार्टीको दुई दुई प्रदेश लिने आकाडा अनुसार उम्मेदवारी ओझेलमा पर्नु स्वभाविक थियो । दुई पार्टीको एलाईन्स अनुसार एमालेका जिल्ला नेता सरेश नेपाल १ नम्बर प्रदेशमा उठ्ने चर्चा थियो । उनी उठेपछि माओवादीले छाड्नु पथ्र्यो । तर नेपाल सोही क्षेत्रको २ नम्बर प्रदेश सभाको लागी पार्टीले सिफारिस गरेपछि नेपालको सोही क्षेत्रमा उठ्ने पक्कापक्की भएको छ । यदि एमाले माओवादीले आधा आधीमा प्रदेशको दुई दुई सिट बाँडे १ को १ नम्बर प्रदेशसभा माओवादी केन्द्रको भागमा हुने देखिएको हो । १ नम्बर प्रतिनिधिसभाको लागी तेस्रो बरियतामा सिफारिसमा परेका पौडेल अग्निप्रसाद सापकोटा उठ्ने भएपछि उनले प्रदेशमा ताकेको हुनसक्ने स्रोतको ठम्याई छ । सरेश नेपाललाई समेत २ नम्बर प्रदेशसभामा उठ्न सुझाव दिएर १ नम्बर प्रदेश सभामा उठ्ने प्रपञ्च उनले रचेका थिए । स्रोतका अनुसार जसरी पनि लालकान्छा तामाङलाई फकाएर वा दवाव दिएर वा केन्द्रबाटै टिकट लिएर सो प्रदेशसभाबाट उठ्ने दाउमा उनी छन् ।
कसरी बनाए पौडेलले योजना ?
’पार्टीको प्रदेश स्तरीय वैठकमा उम्मेदवार बन्ने खासै चासो र सक्रियता नभएका पौडेल एक्कासी प्रदेश सभामा उठ्ने चाहाना राख्नुको कारण उनी मौकाको प्रतिक्षमा थिए‘, पार्टी स्रोतले भन्यो । उनकै प्रस्तावमा लालकान्छालाई प्रदेशमा उठाईएको थियो । त्यस्तै २ नम्बर प्रदेशसभामा माधव सापकोटा ’सुवोध‘ को उम्मेदवार बन्ने लगभग निश्चित भईसकेको थियो । उनको सो क्षेबाट एमालेसंग गठबन्धन नहँुदा पनि जित्ने प्रवल सम्भावना रहेको स्रोतको ठम्याई छ । अग्नि सापकोटा पछिको दोस्रो पुस्ता, जनता र कार्यकर्ताले समेत रुचाएका युवा नेता ’सुवोध‘ लाई पौडेलले पहिलो निशाना बनाए । उनले ’एउटै क्षेत्रबाट काका भतिजा संघ र प्रदेशमा कसरी उठ्न पाईन्छ ?‘ भन्ने तर्क ल्याएर सुवोधलाई कुनै हालतमा टिकट नदिन पार्टी केन्द्र सम्म रोल खेलेको स्रोतको भनाई छ । दुईमा सरेशको सिफारिस पार्नुमा उनकै रोल रहेको स्रोतको दावी छ ।
२ बाट सरेश उठेर सुवोध बाहिरिएपछि १ नम्बरमा उनले आफुलाई परिपक्क ठानेको बताईन्छ । यो अभियानमा बाह्रबिसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले समेत साथ दिएको बुझिन्छ । शेर्पालाई मेयर हुन उनै पौडेलले सघाएका थिए । ’लालकान्छालाई मेयरको टिकट दिएको भए कांग्रेसका बालकृष्ण बस्नेतको जित्ने निश्चित थियो‘, स्रोतले भन्यो । शेर्पासंग आन्द्रो जोडिएका पौडेलले स्थानीय तहको चुनावमा राम्रै सघाएपछि बदलामा पौडेललाई पूर्ण सहयोग गर्ने बचन शर्पाले दिएका थिए । झन दुई पार्टी एकता हुने चर्चा संगै पौडेल निकै हौसिएका थिए । माथि पँहुच बनाउन नसकेका लालकान्छालाई पछि पार्दै पौडेलले केन्द्रबाट सिधै टिकक ल्याउने ध्याउन्तमा नेताहरुसंग लभिङ गरिरहेको स्रोतको दावी छ ।
पछिल्लो पटक उनी सुन काण्डमा समेत मुछिएको बताईन्छ । उनैले पार्टी भित्राएका भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेल सुनकाण्डमा मुछिएपछि पौडेलको पनि संलग्नता रहेको खुल्न आएको हो । यसलाई उनले भित्र भित्रै माथिल्लो नेताहरुको प्रभावमा मिलाउने प्रयास गरेको स्रोतको दावी छ । राजनीति देखि तस्करीमा समेत संलग्न रहेका पौडेलको केन्द्रमा समेत राम्रै पहुँच रहेको बताईन्छ । यदि बल र पहुँचको आधारमा पौडेलले टिकट पाए र माधव सापकोटाले नपाउने अवस्था आए माओवादी भित्र ठुलो विग्रह निम्तने विश्लेषहरुको तर्क छ । २ नम्बर प्रतिनिधिसभाको १ नम्बर प्रदेशमा भने युवा नेता युवराज दुलाल ’शरद‘ को सम्भावाना निकै रहेको स्रोतको ठम्याई छ । संघमा दुई क्षेत्र मध्य एक क्षेत्र एमालेलाई छोड्नु परेपछि नेता दावा तामाङ समानुपातिकमा जान सक्ने पार्टी स्रोतको भनाई छ । उक्त क्षेत्रमा गठबन्धनबाट एमालेका शेरबहादुर तामाङ उठ्न लगभग निश्चित भएको स्रोतको ठम्याई छ । सोही क्षेत्रको २ नम्बर प्रदेश सभाको लागी भने गठबन्धनबाट को उठ्ने भन्ने निक्र्यौल नभएपनि एमालेकै भागमा रहने छ ।
उता पौडेलले गरेको षड्यन्त्र रुपमा गरेको खेल रिङ बाहिर रहेकाले सम्भावना कमै रहेको पार्टी स्रोतको ठम्याई छ । पार्टीभित्र षड्यन्त्र र प्रतिघात जन्मने हो भने गठबन्धनका विरुद्व कांग्रेसको सत्र पल्टने बुद्विजिविहरुको तर्क छ ।
प्रतिक्रिया दिनुहोस