२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

ज्यान मुद्धाका आरोपी फरार

Thumbnail
  • २०७४ आश्विन २६, बिहिबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    २६ असोज २०७४, सिन्धुपाल्चोक ।

    गत शनिबार चौतारा सागाचोकगढी नगरपालिका वडा– ६ पिपलडाडाका भण्डारी परिवारलाई कुटपिट गरेका ज्यान मुद्धाका आरोपी अझै पक्राउ पर्न सकेका छैनन् । गएको शनिबार रात १० बजे भण्डारी परिवारलाई इन्द्रावती गाउपालिका सिपाबडहरेका रामकुमार भट्टराई, कुन्चोकका सिन्दे डन भनिने सिन्दे बानि“या लगायतको १२ जनाको समूह मिलेर कुटपिट गरेका थिए ।

    चौसागढी नपा पिपलडाँडाका वर्ष २८ की मिरा भण्डारी, ससुरा थलक, श्रीमान बमबहादुरदेखि देवर नेत्रबहादुरलाई समुहले रडले हिर्काएको थियो । बाटोमा मोटरसाइकलको टर्च बालेको विवादमाल उक्त समुहले घरभित्रै पसेर घर तोडफोड गर्नुकोसाथै नगद, सुन लुटेर लगेके थिए ।

    ‘हालै रमेश गौतम र सन्तोस गौतमलाई नियन्त्रणमा लिएका छौ, अन्य अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक मोहनकुमार पोखरेलले भने, ‘अन्य सूचना भने दिन मिल्दैन्, सोधपुछमा छौ ।’ उनले नियन्त्रणमा लिएका बाहेकको नाम कुनै हालतमा दिन नमिल्ने बताए ।

    यसरी भएको थियो घटना सुरु
    गत शनिबार १४ गते राती ७ बजे बाटैमा बमबहादुरको भट्टराईस“ग टर्च बालेकोमा विवाद भएको थियो । त्यहाँ भट्टराईको समुहले बमबहादुरलाई रक्तमुच्छेल हुनेगरी कुटेको थियो । गाउँले सबै आएर सम्झाएपछि उनीहरु फर्किएका थिए ।

    केही घण्टामै भट्टराई, सिन्दे डन लगायतका १२ जना मोटरसाइकल र ३०/३५ जना सवारीमा भण्डारीको घर खोज्दै पुगेका थिए । बमबहादुर अचेत भएपछि प्रत्यक्षदर्शी मिराकाअनुसार परिवारलाई कुटपिट गरी सिन्दे डनले खुकुरी प्रहार गर्न खोजेका थिए । मिराले मागेको गुहार सुनेर जम्मा भएका गाउलेले रोकेका थिए । उनीहरु तत्कालै फर्केपछि बमलगायत परिवारलाई जिल्ला स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

    भोलिपल्ट आइतबार १५ गते जिल्ला प्रहरीको सूचना दिन खोज्दा ‘निवेदन मिलेन, यो केस दर्ता गर्न मिल्दैन’ भनेर आलटाल गरेको भण्डारी परिवारको भनाई छ । केही उपाय नलागेपछि बुधवार १८ गते गाउले गएर दबाब दिएपछि बेलुकी ५ बजे बल्ल सूचना लिएको मिराले बताइन् ।

    जिल्ला प्रहरीले सोमबार १७ गते नै दुई गौतमलाई नियन्त्रणमा लिइसकेको र अन्यलाई खोजीरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस