खबरज्योति
१७ असोज २०७४, सिन्धुपाल्चोक ।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी राजधानी लैजान सुरु गरिएको डिपीआर निर्माण छ महिनामा सकिने भएको छ।
काठमाण्डौं उपत्यकाको खानेपानीको मागलाई मेलम्ची खोलाको १७ करोड लिटर पानीले मात्रै धान्न नसक्ने भएपछि याङ्ग्री र लार्के खोलाको १७र१७ करोड लिटर पानी मेलम्ची आयोजना सँगै काठमाडौं लैजाने योजना अघि सारीएको हो ।
प्रारम्भिक चरणको अध्ययन पूरा गरेर परामर्शदाता कम्पनी छनौट गरी, आयोजनाले उक्त खोलाको पानी राजधानी लैजान डीपीआर कार्य अघि बढाएको हो । आयोजना बारे परामर्शदाता सँग छलफल भईरहेको आयोजना प्रमुखले जानकारी दिए ।
१ वर्षसम्म सडक निर्माण, स्थानीयलार्इ मुअब्जा वितरण, प्रभावित क्षेत्र निर्धारणलगायत काम गरिने छ । मेलम्ची खोलाको मुहानबाट ९ किमी उत्तरपूर्वमा याङ्ग्री खोला पर्दछ । भने त्यसको दुर्इ किलोमिटर पर लार्के खोला पर्दछ । दुर्इ खोलाको पानी नयाँ सुरुङमार्ग बनाएर मेलम्ची खोलाको निर्माणाधीन सुरुङमार्गको मुहानसम्म ल्याइनेछ ।
मेलम्ची खोलाको १७ करोड लिटर पानी मिसाएर कुल ५१ करोड लिटर पानी मेलम्ची खानेपानी आयोजनाको लागि अहिले निर्माणाधिन सुरुङ मार्गमार्फत राजधानी भित्र्याउने योजना छ । आयोजनाको लक्ष्य सन् २०२१ सम्ममा राजधानीमा ५१ करोड लिटर पानी ल्याइसक्ने रहेको छ । त्यसका लागि सन् २०१८ बाट सुरुङमार्ग निर्माण कार्य नै सुरु गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस