एजेन्सी
१६ असोज २०७४ ।
वैज्ञानिकहरुले एउटा यस्तो अनौठो स्मार्टफोनमा आधारित जाँच पद्धतिको विकास गरेका छन् जसमा विरामीको रगतको केवल एउटा थोपाको प्रयोगबाट केवल १० सेकेण्डमै एचआइभी संक्रमण पत्ता लगाउन सकिन्छ ।
बेलायतको सर्रे युनिभर्सिटीका प्राध्यापक विन्स एमेरीले विद्यमान स्मार्टफोन प्रविधिको प्रयोग गरेर एचआइभी पत्ता लगाउने १० सेकेण्डको प्रविधि विकास गरिएको बताए । उनका अनुसार सैद्धान्तिक रुपमा जिका वा इबोला भाइरसको पहिचानका लागि पनि यसको प्रयोग गर्न सकिनेछ ।
एमेरीका अनुसार यो पद्धतिको प्रयोगबाट गम्भीर संक्रमणहरुलाई महामारीको रुपमा परिणत हुनुअघि नै पहिचान गरेर रोक्न सकिन्छ ।
यो स्मार्टफोन परीक्षण प्रविधिमा एसएडब्ल्यू बायोचिप्स प्रयोग गरिन्छ जुन स्मार्टफोनमा पाइने माइक्रोइलेक्ट्रोनिक प्रविधिमा आधारित छ ।
एचआइभी संक्रमण सुरुवाती चरणमै पत्ता लगाउनु सम्भावित बिरामीलाई नियन्त्रण गर्नमा महत्वपूर्ण सावित हुन्छ । हाल विद्यमान परीक्षणमा जटिल विश्लेषण उपकरणकेा आवश्यकता पर्दछ र परिणामका लागि लामो समय पर्खिनुपर्दछ ।
प्रतिक्रिया दिनुहोस