खबरज्योति
१३ असोज २०७४, सिन्धुपाल्चोक ।
भुटानको राजधानी थिम्पुमा बुधबार सम्पन्न साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपालले जित्यो । दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले अन्तिम खेलमा भारतलाई २–० ले हरायो। चाङलिमिथाङ रंगशालामा भएको निर्णायक खेलमा नेपाललाई च्याम्पियन बनाउन दिनेश हेन्जनले २ गोल गरेका थिए ।
पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछिका ३ खेलमा लगातार जित निकालेर उपाधि रक्षा गरेको हो । पाँच टिमबीच राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपालले हेड टु हेडमा बंगलादेशलाई पछि पारेर ट्रफी उच्लायो ।
प्रतिक्रिया दिनुहोस