२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

आज फुलपाती, धुमधामका साथ फूलपाती भित्र्याइँदै

Thumbnail
  • २०७४ आश्विन ११, बुधबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति

    ११ असोज २०७४, सिन्धुपाल्चोक ।

    आज फुलपाती ।  हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ ।

    शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरुमा भक्तजनको विहानैदेखि घुईंचो लागेको छ  ।

    कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् । उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्ने गर्छिन् । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस