२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

चाडपर्वमा प्रहरीको सुरक्षा व्यवस्था कडा

Thumbnail
  • २०७४ आश्विन १०, मंगलबार मा प्रकाशित ७ साल अघि
  • सम्भावित घटना रोक्न घरदैलो अभियान

    खबरज्योति,

    १० असोज २०७४, सिन्धुपाल्चोक ।

    नेपालीहरुको महान चाड दशैं, तिहारमा चोरी तथा झैझगडा हुन सक्ने भन्दै प्रहरीले यो समयमा बिगतको भन्दा कडा निगरानी गर्ने भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नजिकीदै गरेको चाड दशैं, तिहारमा हुनसक्ने सम्भावित घटनालाई रोक्न आजदेखि घरदैलो अभियान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी निकायबाट आ–आफ्नो क्षेत्रभित्र रहेका सबै नागरिकको घरदैलोमा पुगेर सम्भावित घटनाबाट सचेत रहन जनचेतना फैलाउने कामको लागि अभियान चलाईएको हो ।

    ‘दशैं, तिहारमा चोरी, डकैति, लुटपाट, ठगी बढ्न सक्ने र जुवातास खेल्ने खेलाउने क्रम बढ्ने भएकोले त्यसलाई राक्न घरदैलो अभियान सुरु गरेका हौं ।’ जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले भने । चाडबाड भनेर मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने, समाजमा हो हल्ला गर्ने, जुवातास खेल्ने तथा खेलाउने र चोरी गर्ने समूह तथा ब्यक्ति पहिचान गरी विशेष निगरानी गर्ने र पहिचान भएको खण्डमा तत्कालै कानूनी दायरामा ल्याउने जनाएको छ ।

    अभियान अन्र्तगत चोरी, लुटपाट, झैझगडा हुन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गर्ने, प्रहरीको आवश्यक टेलीफोन नम्बर दिने, गाउँमा नयाँ तथा सङ्कास्पद मान्छे देखिए प्रहरीलाई खबर गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, माईकिङ गर्ने कार्य गरिएको छ ।

    प्रहरीले चोरी, लुटपाट लगायत अन्य आपराधिक कार्य गर्ने मनसायले कुनै व्यक्ति हिँडडुल गरेको पाईए तुरुन्त फोन गर्न समेत आग्रह गरेको छ । त्यस्तै मोवाईल फोन र फेसबुकको दुरुपयोग गरे, मादक पदार्थ उत्पादन, विक्रिवितरण र सेवन, लागुऔषध दुव्यर्सनीजस्ता क्रियाकलाप समाजमा भए प्रहरीलाई तत्काल जानकारी दिन समेत प्रहरीले भनेको छ ।

    चाडबाडको मौका पारी चोरहरुले चोरी गर्ने भन्दै ढोकामा चाँबी लगाए नलगाएको राम्रोसँग हेर्न, झ्याका चुक्कुलहरु राम्रोसँग लागेका नलागेको तथा महिलाहरुले बहुमुल्य गर गहना लगाएन नहिड्न र लगाई हाले पनि अन्य बेला भन्दा बढि सुरक्षित भएर हिड्न समेत प्रहरीले आग्रह गरेको छ ।

    साथै यस्तो बेला साथीहरुको लहलहैमा लागेर सवारी साधान चलाउने चालकहरुले मादक पदार्थ सेवान गर्ने हुदा त्यस तर्फ पनि विशेष सचेत रहन आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस