खबरज्योति
९ असोज २०७४, काठमाडौं ।
नेपाल सरकारका सवै सूचनाहरु मोवाईलबाटै हेर्न सकिने भएको छ। विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोराले नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु मोवाईलमै पढ्न सकिने गरी तयार पारिएको ‘नेपाल राजपत्र मोवाईल एप्लीकेसन’ सेवा शुभारम्भ गरेका हुन् ।
‘डब्लू डब्लू डब्लू डट राजपत्र डट जिओभी डट एनपी’बाट नेपाल सरकारका नयाँ तथा पूराना राजपत्रहरु सजिलै पढन सकिने गरी ‘नेपाल राजपत्र मोवाईल एप्लीकेसन’ सेवा शुभारम्भ गरिएको मन्त्री बोहोराले जानकारी दिए ।
मन्त्री बोहोराले संघीय ढाँचा अनुसार विज्ञान तथा प्रविधिको क्षेत्रको विकासमा सरकार लागि परेको बताए । उनले विश्वका विभिन्न मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत नेपालीहरुलाई नेपालको हितमा काम गराउने गरी गुरुयोजना बनाउन लागिएको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस