भदौ २५, २०७७
चौताराः सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ मा एक महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ। साविक बराम्ची डाडाथोकका फुलबहादुर तामाङको श्रीमती सन्चमाया तामाङको मृत्यु भएको हो।
लडेर उनको मृत्यु भएपनि गर्भमा ८ महिनाको बच्चा जिवितै रहेको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए। महिलाको लडेर मृत्यु भएको छ। तर, उनको पेटमा रहेको बच्चा जिवित रहेको छ उनले भने, साथै शिशुको पालपोषण गर्नेको लागि परिवारलाई आर्थिक सहयोग गर्दछौँ।
प्रतिक्रिया दिनुहोस