भदौ २३, २०७७
चौताराः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नतेले अवैध रुपमा निकालेको बालुटा जफत गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेशबुक मार्फत प्रशासनले तस्करीलाई कारवाहि नगरे जफत गर्ने चेतावनी दिएका छन्।
सिन्धुपाल्चोकको इन्द्रावती, बलेफी, भोटेकोसी र सुनकोसी नदि किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदि दोहन गरि पहिरोको प्रकोप समेत बढाइरहेका उनले बताए।
‘असार देखि भदौ महिना भर नदिमा गिट्टी, ढुङ्गा बालुवा उत्खनन गर्न नपाउने कानुन हुदाहुदै सिन्धुपाल्चोकमा भने नेकपाका नेता कार्यकर्ताहरुले कानुन बिपरित रातभर हजारौं टिप बालुवा निकालेर काठमाडौं लगिरहेका छन’, उनले लेखेका छन्, ‘राज्यले बनाएको नियम कानुन बिपरित यसरी बालुवा निकालिएको विषयमा विभिन्न संचार माध्यबाट समाचार सार्बजनिक हुदाहुदै पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कुनै पहल चलाएको छैन।’
र, यो पनि : बालुवा तस्करी र राजस्व छलिमा समन्वय प्रमुखकै संलग्नता
अवैध रुपमा बालुवा निकाल्न सलग्न हुने नेकपाका नेता कार्यकर्तालाई किन नियन्त्रण नलिएको भन्दै प्रश्न समेत गरेका छन्।
‘निकालिएको बालुवा किन जफत गर्न सकेन? यस विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले ३ दिन भित्र तुरुन्तै आवश्यक कार्बाही सुरु नगरे सिन्धुपाल्चोकका बाढी पहिरो पीडामा परेका र न्यायप्रेमी नागरिकहरुलाइ लिएर तस्करहरुले निकालेका बालुवा जफत गर्न र तस्करहरुलाइ पक्राउ गराउछौँ ‘ उनले लेखेका छन्।
अवैध रुपमा निकालेको बालुवा बाढीपहिरो पीडितहरुको आवास निर्माण गर्न वितरण गर्न लगाउन जनदबाब सिर्जना गरिने समेत बताए।
https://www.facebook.com/mohanbasnetnepalicongress/posts/1294054024320079
प्रतिक्रिया दिनुहोस